कम्युनिस्ट आन्दोलनमा विद्रोह र समाजवादी क्रान्ति

कम्युनिस्ट आन्दोलनमा विद्रोह र समाजवादी क्रान्ति

काठमाडौँ, ३ फागुन :

पेसागत महासंघ नेपालकाे आयोजनामा फाल्गुन २ गते   “नेपाली विेशेषताकाे समाजवाद र यसका आधारहरु” विषयमा विचार गाेष्ठी सम्पन्न पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

 

साथै उक्त कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले लेख्नुभएको “कम्युनिस्ट आन्दोलनमा विद्रोह र समाजवादी क्रान्ति” बिषयकाे पुस्तक पनि प्रमुख अतिथि खनाल तथा अन्य अतिथिहरुले लाेकार्पण गर्नु भयो ।

 

कार्यक्रममा प्रेमलकुमार खनाल द्वारा  विमाेचित पुस्तक ” कम्युनिस्ट आन्दोलनमा विद्रोह र समाजवादी क्रान्ति ” काे पुस्तकका वारेमा वामपन्थी नेता लाेककृष्ण भट्टराईले परिचर्चा गर्नु भएको थियोे ।

 

पुस्तकमा आठ  अध्याय रहेका छन। पहिलो अध्यायमा- विश्व कम्युनिस्ट आन्दोलन र नेपालकाे कम्युनिष्ट आन्दोलनमा भएका विद्रोह र दक्षिणपन्थी अवसरवादका विरुद्धको संघर्ष बारे उल्लेख गरिएको छ।

 

दाेश्राे अध्यायमा समाजवादी क्रान्तिका लागि समाजमा वर्गकाे स्थिति, वर्ग   विश्लेषण ,प्रधान अन्तरविरोध, मार्क्सवादकाे सान्दर्भिकता र समाजवादी क्रान्तिका आधारहरु,वामआन्दाेलनका चुनौती र अवकाे बाटो आदि विषयमा चर्चा गरिएको छ।

 

तेस्रो अध्यायमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी – नेकपामा भएको विवादहरु

 

चौथाे अध्यायमा- एमालेमा विद्रोहका कारण र एकीकत समाजवादी पार्टीको स्थापना र कार्यदिशा , पाँचौ अध्यायमा  मुलुककाे राष्ट्रियतामा चुनौतीहरु छैठौं अध्यायमा नेपालमा श्रमिक वर्गकाे स्थिति , पूंजीवादमा श्रम र ज्याला पद्धति र समाजवाद निर्माणमा ट्रेड युनियन आन्दोलनको भूमिका विषयमा चर्चा गरिएको छ।सातौ अध्यायमा अर्थतन्त्र र सुशासन , निर्वाचन प्रणालीमा सुधार र आठौं  अध्यायमा समाजवादी क्रान्तिमा जनसंगठनहरुकाे भूमिका ,संगठन परिचालन र कम्युनिस्ट पार्टीमा नेतृत्वको भूमिका विषयमा  पुस्तक मा विस्तृत चर्चा गरिएको छ।

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *