फिल्म ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज

फिल्म ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज

यूवर्ण पौडेल

फिल्म ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई समावेश गरिएको छ। फिल्म महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ। फिल्ममा पुष्कर गुरुङ, अन्कित खड्का, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ।

फिल्मले एक नव विवाहित जोडीको कथा प्रस्तुत गरेको छ, जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावबाट गुज्रन्छ। फिल्म पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण गरिएको छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण गरेको यस फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक रहेको छ।

फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *