‘लाज शरणम्’ को नयाँ गीत ‘नेपाल हासेको’ सार्वजनिक

‘लाज शरणम्’ को नयाँ गीत ‘नेपाल हासेको’ सार्वजनिक

यूवर्ण पौडेल 

फिल्म ‘लाज शरणम्’ को नयाँ गीत ‘नेपाल हासेको’ सार्वजनिक भएको छ। यस गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन्। गीतमा बालेनकै संगीत र शब्द रहेको छ। गीतले नेपालको वर्तमान अवस्था र विकासका विषयमा केन्द्रित सन्देश दिन्छ।

गीत सार्वजनिक भएको केही घण्टामै यो ट्रेन्डिङमा परेको छ। यस गीतको भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्। भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल, र सानु पाण्डेको अभिनय देख्न सकिन्छ।

 

बालेन शाह मेयर भएपछि उनले गाएको यो पहिलो गीत हो। यसअघि मेयर भएपछि उनले कुनै पनि गीत गाएका थिएनन्। ‘नेपाल हासेको’ गीतले फिल्म ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माण पक्ष ढुक्क छ।

फिल्म ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको दिन प्रदर्शन हुने तय भएको छ। केही दिनअघि मात्रै यस फिल्मको ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक गरिएको थियो।

फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। यस फिल्ममा मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन्। फिल्मको निर्देशन कुमार कट्टेलले गरेका हुन्।

‘सक्किगोनि’ टिमले बनाएको यस फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म ‘लाज शरणम्’ जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको हो। यस फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *