उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना

उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना

रामपुर (पाल्पा), २६ माघ  :

नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा  उहाँले अलोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताउनुभयो । राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेकोे उहाँको कथन छ ।

विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उहाँले बताउनुभयो ।  माओवादी केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको  खबरदारी गर्दै आएको  वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *