पाथवे अनुसन्धान तथा तालिम केन्द्रले गर्यो प्रशिक्षार्थीहरूको दीक्षान्त समारोह

पाथवे अनुसन्धान तथा तालिम केन्द्रले गर्यो प्रशिक्षार्थीहरूको दीक्षान्त समारोह

काठमाडौँ, २० माघः

पाथवे अनुसन्धान तथा तालिम केन्द्रद्वारा संचालित तीन महिने मन्टेश्वरी शिक्षक तालिम (Junior Diploma Course) सम्पन्न गरेका प्रशिक्षार्थीहरूको भव्य दीक्षान्त समारोह सम्पन्न भएको छ।

उक्त कार्यक्रमका अध्यक्ष तथा पाथवे अनुसन्धान तथा तालिम केन्द्रका प्रबन्ध निर्देशक अधिवक्ता रमेशजंग कुँवरले प्रशिक्षार्थीहरूलाई बधाई दिंदै “हामीहरु प्रि-प्राइमरी तहका उत्कृष्ट शिक्षक उत्पादन गर्ने उद्देश्यका साथ मन्टेश्वरी, प्रारम्भिक बाल्यवस्था शिक्षा (ECD) तथा STEAM शिक्षामा आधारित शिक्षण विधिहरूलाई समावेस गरि तालिम प्रदान गर्दै आएको कुरा बताउनु भयो ।”

कार्यक्रममा पाथवे मन्टेश्वरी विभागकी प्रधानाध्यापक बिमा केसी कुँवरले प्रशिक्षार्थीहरूको सीप अभिवृद्धिमा केन्द्रित हुँदै हामीहरु केवल कोर्स पूरा गर्नेमा मात्र केन्द्रित नभई उनीहरूको क्षमता तथा कमजोरी पहिचान गरी सोहि अनुरुप सुधार गर्ने कार्यमा केन्द्रित रहेको बताउनुभयो। यसका साथै उहाँले “हामी प्रशिक्षार्थीहरूलाई Phonics Sounds, कला तथा हस्तकला, सार्वजनिक वक्तृत्वकला, नृत्य लगायतका अतिरिक्त कक्षाहरू सञ्चालन गर्दै आएका छौं, जसमा समयसमयमा प्रेरणादायी कक्षाहरू पनि समावेश गरिएको कुरा बताउनुभयो ।”

कार्यक्रमकी प्रमुख अतिथि, GESI विज्ञ सीता बोहराले महिलाहरू नै प्रि-प्राइमरी शिक्षाका लागि सर्वश्रेष्ठ शिक्षक बन्न सक्ने बताउँदै “बालबालिकाहरुको समग्र विकासका लागि महिलाहरूमा आवश्यक पर्ने सबै गुणहरू हुन्छन, जसले उनीहरूलाई उत्कृष्ट शिक्षकका रूपमा स्थापित गर्न मद्दत गर्छ भन्नुभयो ।”

STEAM शिक्षक, काठमाडौँ विश्वविद्यालय नवीन मरासिनीले STEAM शिक्षाको महत्वको बारेमा प्रकास पार्दै उहाँले शिक्षण पद्धति समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “पाथवे अनुसन्धान तथा तालिम केन्द्रले प्रगतिशील शिक्षण पद्धतिको अनुसरण गर्दै आफ्ना कक्षाहरू सञ्चालन गरिरहेको छ।”

ECD विज्ञ सोनी पौडेल तामांगले प्रारम्भिक बाल्यवस्था शिक्षाको महत्त्वबारे प्रकाश पार्दै “शिक्षाको जग नै बाल्यकालमा मजबुत बनाउनुपर्छ, जसका लागि गुणस्तरीय शिक्षक आवश्यक छन् र यसको लागि पाथवे अहोरात्र लागिपरेको कुरा उल्लेख गर्नुभयो ।”

उक्त कार्यक्रममा पाथवे अनुसन्धान तथा तालिम केन्द्र, कल्पवृक्ष इन्टरनेशनल प्रा. लि. र साइट इन्टरनेशनल प्रा. लि. बीच सहकार्य गर्ने प्रतिबद्धता सम्बन्धित संस्थाहरुका प्रमुखहरु अधिवक्ता रमेशजंग कुँवर, नविन मरासिनी र सोनी पौडेल तामांगले जनाउनु भएको थियो। उहाँहरुले यस्ता खालका शिक्षक प्रशिक्षणहरू केवल काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई देशभर सञ्चालन गर्ने योजना सार्वजनिक गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन Aama’s Creation कि अध्यक्ष सुरुची खड्काले गर्नुभएको थियो ।

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *