‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’

‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’

महोत्तरी, १९ पुस :

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताउनुभएको छ ।

आज यहाँको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको बताउनुभएको हो ।

राज्यले उपल्लो तहको शिक्षामा बढी लगानी गरेपनि आधारभूत र माध्यमिक तहमा राम्रो हुन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको उहाँले उल्लेख गर्नुभयो ।

छायाँ नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि आठ कोठाको दुई तले भवन रु ९९ लाख ३७ हजार लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयको दृष्टिविहीन छात्रवासमा हाल १९ जना छात्रछात्रा छन् ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *