एनपिएलः कर्णालीविरुद्व फिल्डिङमा लुम्बिनी

एनपिएलः कर्णालीविरुद्व फिल्डिङमा लुम्बिनी

काठमाडौँ, २८ मङ्सिरः

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो ।

 

कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।

 

 

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ, २८ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज दुई खेल हुँदैछन् ।

 

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *