एनपिएलः जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएलः जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, २६ मङ्सिरः

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

 

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *