कृष्ण पाण्डे,
जेल पनि सहुँला जस्ता चर्चित गीत दिएका गायनका जाेडि बलबहादुर राजबँशी र मेलिना राईकाे स्वरमा मैले जिउँने सँसार बाेलकाे गीत सार्वजनिक भएकाे छ ।
गीतकाे शव्द रमेश मास्केले लेखेका हुन् भने गीतमा सँगीत स्वयम् गायक बलबहादुर राजबँशीकाे नै रहेकाे छ । गीतमा सँगीत सँयाेजन सुरज श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग चन्द्र चाैधरीकाे रहेकाे छ।
गीतमा नायक कुङ्साङ्ग बाेम्जन र आरजु चाैधरी राजबँशीकाे अभिनय देख्न सकिन्छ । गीतकाे छायांकन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहिले गरेका हुन्। गीत जति मिठाे छ भिडियाेपनि त्यतिनै आकर्षक बनेकाे छ । गायक राजबँशी भाेईस अफ नेपाल सिजन २ का टप नाईन सम्म पुगेका गायकपनि हुन् ।
गायक राजबँशीका नेपाली मात्र नभै राजबँशी , भाेजपुरी र मैथली भाषामा धेरै गीतहरु सार्बजनिक भई सकेका छन्।उक्त गीतलाई बल बहादुर राजबँशी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।