ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति

इन्डियाका स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी दिने परम्पराको अन्त्य गर्नुपर्ने वा चीनका सेनाध्यक्षलाई पनि समान रूपमा सोही सम्मान दिनुपर्ने विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति
मिति : २०८१ मङ्सिर ५

इन्डियाली स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज मंसिर ५ गते नेपालको ५ दिने भ्रमणमा आउने खबरप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । उनलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभन गर्न आमन्त्रित गरिएको कुरा हाम्रो चासोको मुख्य विषय भएको छ । इन्डिया नेपालको सिमाना जोडिएको देश भएकाले त्यस देशसँगको सैनिक सम्बन्धले विशेष अर्थ राख्छ नै , तर सिमाना जोडिएका दुईवटा देश चीन र इन्डियामध्ये इन्डियासँग मात्रै विशेष सैनिक सम्बन्ध राख्ता मित्रभेद गरेको ठहरिन्छ भन्नेतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने हो । इन्डियाको स्थल सेनाका प्रधान सेनापतिलाई मात्र नेपाली सेनाको महारथीको विभूषणले सुशोभित गर्नैपर्ने बाध्यता के हो भन्न जान्न सबैजसो नेपाली जनता उत्सुक छन् , तसर्थ सरकारले सैनिक सम्बन्धका प्रत्येक विषयमा इन्डिया र चीन दुवै देशसँग समान व्यवहार नगर्नुको कारण खुलाउनुपर्दछ । यस सम्बन्धमा निर्णयमा पुग्नैपर्ने बुँदा के हो भने या त नेपाल र इन्डियाका प्रधान सेनापतिले एकअर्का देशका सेनाको महारथी पद ग्रहण गर्ने परम्पराको अन्त्य हुनुपर्छ कि त जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाका अध्यक्षलाई पनि नेपाली सेनाको महारथीको दर्ज्यानीले सुशोभित गर्नुपर्छ । तबमात्र नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको पुष्टि हुनेछ ।

 

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
वानेश्वर , काठमाडौँ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *