भण्डारीको ‘अकथित’ उपन्यास प्रकाशित   

भण्डारीको ‘अकथित’ उपन्यास प्रकाशित   

काठमाडौँ, ९ कात्तिक:

बालबालिका र किशोरकिशोरीमाथि गरिने ‘बुलिङ्’का विषयमा लेखिएको उपन्यास ‘अकथित’ प्रकाशनमा आएको छ ।

लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित उपन्यास आज इटर्नल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । लेखक भण्डारीले उपन्यासको विषयवस्तु पछिल्लो समय बालबालिका र किशोरकिशोरीबीच बढ्दो परपीडक प्रवृत्तिका रूपमा देखापरेको ‘बुलिङ्’मा आधारित रहेको बताउनुभयो ।

आफ्नै साथी, साना वा कमजोरलाई शारीरिक तथा मानसिक पीडा पु¥याएर त्यसबाट आफू आनन्दित हुने प्रवृत्तिका कारण किशोरकिशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अड्चन र उनीहरूले सामना गर्नुपर्ने कठिनाइलाई उपन्यासमा सशक्त कथानकमार्फत उजागर गरिएको भण्डारीले सुनाउनुभयो ।

उहाँले प्रविधि प्रयोगमा आएको व्यापकतासँगै पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनावश्यक सन्देश, अश्लिल शब्द, तस्बिर वा भिडियो पठाउने वा त्यस्तै भाषा प्रयोग गरेर दुःख दिने हर्कत बढ्दै गएकाले साइवर बुलिङका बारेमा उपन्यासले उठान गरेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राडा सरोजप्रसाद ओझानथाक्षेँले भण्डारीको उपन्यास विद्यालय उमेरका किशोरकिशोरी, शिक्षक र अभिभावकका निम्तिसमेत उत्तिकै पठनीय रहेको बताउनुभयो ।

लेखक भण्डारीका यसअघि ‘अठोट’, ‘फूलहरूको साउती’ र ‘एड्भान्स्ड जर्नालिजम्’ पुस्तक प्रकाशित छन् ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *