कहिल्यै बिर्सने छैनौ ती काला दिनहरू

कहिल्यै बिर्सने छैनौ ती काला दिनहरू

मिति-२०८१- असोज ७

कहिल्यै बिर्सने छैनौ ती काला दिनहरू
भारतले लगाएको पछिल्लो नाकाबन्दिको नवौं वर्षको सम्झना ।
आज असोज ७ कालो दिन !

प्रेस बिज्ञप्ति

आगे,
आदरणीय देशभक्त आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा २०७२ असोज ७ गतेबाट भारतले नेपालमा लगाएको पछिल्लो चौथो पटकको ६ महिने लामो कहालीलाग्दो नाकाबन्दीको नवौं वर्षको स्मरण गर्न/गराउन चाहन्छौं ।

हाम्रो प्रतिबद्धता-
भारतले नेपालमा नाकाबन्दी गर्नु गल्ती थियो । अब भुपरिवेष्ठित राष्ट्रलाई नाकाबन्दी गर्ने छैनौं भनेर आजसम्मको गल्तिलाई नस्विकारेसम्म पछिल्लो चरणको नाकाबन्दीको दिन असोज ७ लाई हामी देशभक्त नेपालीहरूले कालो दिनको रूपमा सम्झिरहने छौं र यस्तै कार्यक्रम निरन्तर गरिरहने प्रतिबद्धता जाहेर गर्दछौं ।
पछिल्लो चौथो पटकको नाकाबन्दीको पृष्ठभूमि-
नेपालको पछिल्लो संविधानमाथि असन्तुष्टी जनाउदैं उस्ले नाकाबन्दी लगाएको २०८१ असोज असोज ७ गते ९ वर्ष पुग्दैछ । वि.सं २०७२ असोज ३ गते नेपालले आफ्नो नयाँ संविधान जारी गरे लगत्तै असोज ७ गतेबाट नेपालमाथी चौथो पटक नाकाबन्दी लगायो ।

पटके काहाली लाग्दो नाकाबन्दी भोग्ने कयौको त स्वर्गवास भइसकेको छ भने अझै धेरै नेपालीहरूको मन-मस्तिष्कबाट ती कहाली लाग्दो दिन सायदै हराउला !
यसमानेमा हामी काहाली लाग्दो नाकाबन्दीलाई कहिल्यै भुल्ने छैनौं ।

भारतले नेपालमा पटकपटक नाकाबन्दी लगाउनका मुख्य कारण र निवारणको बारेमा-

नेपालमाथि एउटै दक्षिण छिमेकले चौथो पटक नाकाबन्दी लगाएको मिति-

१. वि.सं २०१९ सालमा पहिलो नाकाबन्दी
२. वि.सं २०२७ सालमा दोश्रो नाकाबन्दी
३. वि.सं २०४५ सालमा तेस्रो नाकाबन्दी
४. वि.सं २०७२ असोज ७ गते लागेको नाकाबन्दी

पहिलो नाकाबन्दी वि.सं २०१९ साल-

नाकाबन्दीको पृष्ठभूमिका साथै एतिहासिक घट्नाक्रमको श्रृङखला-

१. तत्कालीन राज महेन्द्रको विशेष योजनामा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाज्यूको पहिलो चीन भ्रमण वि.सं २०१६ मा भएको थियो । सोहिक्रममा नेपालका प्रथम जन-निर्वाचित प्रधानमन्त्री वीपी कोइराला र जनवादी गणतन्त्र चिनका संस्थापक अध्यक्ष माओ बीचमा नेपाल-चीन जोड्ने राजमार्गको बारेमा छलफलहरू भएका थिए ।

२. वि.सं २०१८ साल असोज १२ गते तत्कालिन राजा महेन्द्रले हङकङ हुँदै चीनको १७ दिने राजकीय भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा नेपाल र चीन बीच सडक सञ्जालले जोड्न, पहिलो सडक मार्ग उपत्यका प्रवेशको लागि नजिक मानिने प्रस्थान विन्दु कोदारी राजमार्ग बनाउने सम्झौता भएको थियो ।

३. उक्त सम्झौता राजा महेन्द्र स्वयम् ले गर्नु भएको थियो भने नेपाल चीन बीच भएको सो सम्झौतापछि भारतले नेपाल र चीनको सम्झौंताको कारण आफ्नो देशमा सुरक्षा खतरा बढेको भन्दै कडा विरोध समेत गरेको थियो । सम्झौंताको विरोधमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको वक्तव्य समेत आएको थियो ।

तत्कालीन भारतिय मिडियाले समेत जनवादी गणतान्त्रिक राष्ट्र चीनतर्फ नेपाल झुकेको भन्दै उग्र प्रचार समेत गरेको थियो ।
भारतको त्यो भनाईलाई ‘काउन्टर’ दिँदै तत्कालिन राजा महेन्द्रले ‘कुनैपनि विचार मोटर चढेर आउने होइन’ भन्दै ईण्डियाले गरेको प्रचारवाजिको खण्डन गरेका थिए ।

यसै शिलशिलामा नेहरुको निमन्त्रणामा निम्तो मान्न राजा महेन्द्र वि.सं २०१९ वैशाख ४ मा दिल्ली गएका थिए । दिल्ली भ्रमणको क्रममा पनि भारतिय पक्षले चित्त बुझाएको पाईदैन । जस पश्चात् नेपाल चीन बीचको त्यो सम्झौताले नेपालमा भारतीय महत्त्व घटाउने र चिनियाँ महत्त्व बढाउने भन्दै वि.सं २०१९ बैशाख अन्तिम देखि भारतले पहिलो पटक नाकाबन्दी लगाएको थियो ।

सोही कालखण्डमा चीन र भारत बीचको आपसी तिक्तता पनि बढ्दै गइरहेको थियो भने सन् १९६२ मा चीन र ईण्डिया बीच सीमा युद्ध समेत सुरू भएको थियो । चीन र ईण्डियाको युद्ध चलिरहँदा नेपाल भने तटस्थ बसेको थियो ।

४. युद्धको कारण गलेको ईण्डियाले वि.सं २०१९ असोज तेस्रो साताबाट ५ महिने लामो नाकाबन्दी हटाएको घोषणा गरेको थियो ।

यसरी नेपाल माथि लागेको पहिलो नाकाबन्दी हटेको थियो ।
नोट: तत्कालीन समयमा चलेको चिन र भारत बीचको लडाईंको कारण नेपालको सन्दर्भमा भने राजा महेन्द्रको पक्षमा माहोल बन्न सघाउ पुगेका विश्लेषण गरिन्छ ।

५. नेपालमा भारतद्वारा लगाईएको पहिलो नाकाबन्दीको अरू पनि थप केही कारणहरू भएको कतिपय बुद्धिजीवीहरूले बताउनु हुन्छ । तत्कालीन राजा महेन्द्रको विशेष पहल कदमिमा वीपी र माओबीच नेपालमा विकासको मोडल बारेमा भएको विशेष सहमती पछि भारत रिसाएको हामीलाई बताउनु हुन्छ ।

बुद्धिजीवीहरूको भनाई छ, रिसाउनुको मूल कारण नेपालमा भारतको एकछत्र नियन्त्रण गुम्ने चिन्ता-

उ नेपाल आफ्नो पकड भन्दा बाहिर नजाओस् भन्ने चाहान्थ्यो । अर्थात जब जब नेपालले आफुलाई बलियो आत्मनिर्भर राज्य बनाउन अनेक किसिमको सकारात्मक पहलकदमी लिन्छ तब तब उ चीन र नेपाल बीच कहिल्यै पनि विकास सहकार्य नहोस् भन्ने अनेकन बहाना बनाएर चाहानाका साथ नाकाबन्दी लगाईएको हामीले सधै बुझिराख्नु पर्ने बुद्धिजीवीहरू बताउनु हुन्छ !

दोश्रो नाकाबन्दी २०२७ सालमा-

२०२७ सालमा नेपाल माथि नाकाबन्दी लगाएको समयमा भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् । उनि स्वतन्त्र भारतकि प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी थिइन् ।

जसरी भारतले पहिलो नाकाबन्दी लगाउनुको कारण चीन थियो, त्यसैगरी दोश्रो नाकाबन्दीको कारण पनि चीन नै भएको बुझिन्छ ।

कारण- वि.सं २००८ सालदेखी २०२६ सालसम्म नेपाल र चिन बीचको उत्तरी सिमानाको हिमालसम्मै पुगेर १८ वटा चेकपोस्ट नै बनाएर बसेका भारतिय सुरक्षाकर्मीलाई हटाउन राजा महेन्द्रको रणनीतिमा तत्कालीन प्रधानमन्त्री किर्तिनिधी विष्टले सुरक्षा निकायसँग समन्वय गरि मुभ नै भएपछि त्यो कारबाहि रोक्न दबाब दिदै तत्कालीन भारतिय प्रम इन्दिरा गान्धीले नाकाबन्दी लगाएकी थिइन् ।

स्मरण रहोस् ,  ती भारतिय सैन्य टोलि अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरपछि प्रधानमन्त्री बनेका मात्रिकाप्रसाद कोइरालाको सहमतिमा (माग बमोजिम) नेपाल आएको थियो भने नेपालका तत्कालीन प्रधानमन्त्री किर्तिनिधी विष्टले राष्ट्राध्यक्ष महेन्द्रबाट विशेष निर्देशन पाए लगत्तै त्यसको एक महिनापछि नै भारतीय सैन्य पोष्ट फिर्ता पठाउन सफल भएका थिए । त्यो कदमबाट ईन्डिया बिच्किएको बुझिन्छ भने सो लगत्तै वि.सं २०२६ सालमै नवीकरण हुनुपर्ने व्यापार तथा पारवाहन सन्धीलाई बाहाना बनाएर भारतले सन्धिमा बखेडा झिकेको थियो । त्यो सन्धि नेपाल र ईन्डिया बीचको- पारवाहन र वाणिज्य सन्धि थियो । पछि त ईन्डियाले पारवहन र वाणिज्य सन्धि अनुमोदन गर्नुपर्ने समयमा रिसाएको भारतले भाजो हाल्दै पारवहन सन्धि र वाणिज्य सन्धि नै फरक-फरक गरौँ भनेर नेपालले अन्तराष्ट्रिय मान्यता अनुसार गरेको प्रस्ताव भारतले मानेन ।  जुन सन्धि २०२६ अगाडि एकै सन्धि भए पनि त्यो अन्तर्राष्ट्रिय मान्यता अनुसारको नभएकोले नेपालले छुट्टै माग गरेको तत्कालिन मन्त्री नवराज सुवेदीले धेरै पटक विभिन्न अन्तर्वार्ता मार्फत पनि सार्वजनिक रूपमा बताउदै आउनु भइरहेको नै छ ।

यो दोश्रो पटकको नाकाबन्दी २०२८ साउन २८ (सन् १९७१ अगष्ट १३) गते व्यापार तथा पारवाहन प्रोटोकलमा नेपाल र ईण्डिया बीच अर्को नयाँ सन्धि गरेपछि मात्र हटेको थियो । सन्धिमा नेपालका तर्फबाट नवराज सुवेदी र ईण्डियाका तर्फबाट तत्कालीन वैदेशिक व्यापार मन्त्री ललितनारायण मिश्रले हस्ताक्षर गरेका थिए भने भारतको विदेश मन्त्रालयको वेबसाइटमा यो सामाग्री अझै पनि हेर्न सकिन्छ ।

त्यस समयमा इन्दिरा गान्धी र राजा महेन्द्रको व्यक्तिगत टकरावको कारणलाई पनि कतिपयले नाकाबन्दीसँग जोडेर व्याख्या गर्ने गरेका छन् ।

तेस्रोपटकको नाकाबन्दी वि.सं २०४५ सालमा-

तेस्रो पटक लगाएको नाकाबन्दी वि.सं २०४५ चैत १० गतेबाट सुरू गरेका थिए भने २०४७ असार १७ गते अन्त्य भएको यो नाकाबन्दी १५ महिनासम्म लागेको थियो । यो नाकाबन्दी गर्दापनि नेपाल चीन बीचको विकसित सम्बन्धलाई लिएर नै जोडिएको थियो ।

कारण चै, तत्कालीन राजा वीरेन्द्रले युद्ध विमान खसाउन सक्ने दक्षिण एशियामै पहिलो अत्याधुनिक हतियार ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याएकोले भारतले नाकाबन्दी लगाएको भनिएको छ ।

सन १९८८ जुलाई (२०४५ साउन/भदौ) मा नेपालले चीनबाट चाइनिज एयर डिफेन्स आर्टिलरी ल्याएको थियो । चीनसँग खरिद गर्नुभन्दा १६ वर्ष अगाडि नै नेपालले भारतसँग त्यस्तै हतियार खरिद गर्न प्रस्ताव गरेको तर भारतले नदिएको ‘म्युच्युएल सेक्युरिटीः अ केस अफ इन्डिया नेपाल’ पुस्तककी भारतीय लेखक तथा प्राध्यापक संगीता थपलियाले यो बारेमा लेखेकी छिन् ।

यो तेश्रो चरणको नाकाबन्दी लगाउनुको भित्री गहिरो कारण र अर्थ रहेको बुझेका तत्कालीन राजा वीरेन्द्रले नबुझ्ने बिषय पनि थिएन, परिमाणत: राजा बहुदल मान्न तयार भए र २०४७ वैशाख ६ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा आन्दोलनरत पक्षलाई समेटेर अन्तरिम सरकार बनाइयो  ।

यसरी आखिर अनेकन बाहाना मार्फत अन्ततः २०४६ चैत २६ मा तीन दशक चलेको पञ्चायत सरकारलाई झुकायो र संवैधानिक राजसंस्थात्मक व्यवस्था ल्याउन सफल भयो ।

तरपनि नाकाबन्दी खुल्न भने थप तीन महिना लाग्यो । अन्तिममा असार १७ गतेबाट खुलाईयो !

यो नाकाबन्दी खुल्नमा तत्कालीन प्रम स्व कृष्ण प्रशाद भट्टराईज्यूले निक्कै मेहनत गर्न परेको तत्कालीन नेतृत्वहरूले अहिले पनि बताउनु हुन्छ ।

चौथो नाकाबन्दी वि.सं २०७२ असोज ७ देखि-
२००७ सालपछि देखीको निरन्तर राजनीतिक कोसिसको परिणाम २०७२ असोज ३ मा नेपाललाई इतिहासमा पहिलोपटक संविधानसभाबाट आफ्नो संविधान जारी गर्ने अवसर मिलेको थियो ।

नेपालले अवसर गुमाएन सदुपयोग गर्न  सफल पनि भयो । तर विशेषगरी छिमेक राष्ट्रबाट सुखद समाचार नेपालले पाउन सकेको थिएन । बरु ठिक उल्टो गरि नेपालले संविधान जारिगरेको चौथो दिनदेखिबाट उहीँ पुरानो पटके नाकाबन्दी लगाउन बानी परेका मित्रबाट लगाईएको नाकाबन्दीलाई व्यहोर्नु परेको थियो ।
तथ्यले बताउछ, संविधान जारी गर्ने मिति भन्दा तीन चार दिन अगाडिबाट भारतका विदेशमन्त्री तथा तत्कालीन विदेश सचिव एस.जसशंकरले संविधान घोषणा स्थगित गर्न दबाब दिन नेपाल आइपुगेका थिए । लगत्तै उनले नेपालका दलहरू र दलका नेताहरू प्रत्येकलाई भेटेरै संविधान तत्काल जारी नगर्न दबाब दिएका थिए भनेर त्यस समयका जिम्मेवार सबै नेतृत्वहरूले समेत सार्वजनिक रूपमै बताई सक्नु भएको छ ।

नियंत्रित अस्थिरताका पक्षले दबाब दिने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डमात्र नभएर तत्कालीन चौथो ठूलो दल राप्रपा अध्यक्ष कमल थापा र मधेशवादी पार्टीका विजयकुमार गच्छदारसम्मलाई भेटेर संविधान अहिले नै जारी नगर्न सुझाएका थिए । तरपनी राप्रपा बाहेकका अन्य सबै दलहरू एक भएर संविधान जारी गरियो ।

त्यस लगत्तै भारतका विदेश सचिवको सुझाव नमानि संविधान जारी गरेका दलहरूको कदमका विरुद्ध भनौं या संविधानको विरुद्ध जे भनौं भारतीय विदेश मन्त्रालयले एक वक्तव्य सार्वजनिक गर्‍यो । सो वक्तव्यमा नेपालको संविधानलाई आफुले ‘नोट’ गरेको र ‘भारतीय सीमा जोडिएको क्षेत्रमा हिंसा भड्किएको’ भन्दै संविधानप्रति असन्तुष्टी रहेको पुष्टि गर्दै नाकाबन्दी नै लगाउन सक्ने संकेत गरिसकेको थियो ।

वक्तव्यमा भनिएको थियो, ‘ २०७२ असोज ३ गते आज नेपालमा जारी भएको संविधानलाई हामीले नोट गरेका छौँ ।’ त्यसमा भनिएको थियो, ‘भारतीय सीमा जोडिएका
विभिन्न भागहरूमा हिंसाहरू बढिरहेकोमा हामी चिन्तित छौँ ।’ नभन्दै संविधान जारी भएको चौथो दिनबाट त भारतले नाकाबन्दी लगाउन सुरु गरिहाल्यो ।

यसरि नेपाल माथी चौथो पटकको नाकाबन्दी  २०७२ असोज ७ गतेबाट सुरू भएको थियो ।

जब भारतले बिज्ञप्ति निकाल्यो त्यस लगत्तै त्यो विज्ञप्तिमा भनिए जस्तै गरि बल्ल मधेशकेन्द्रित केही दलहरू र नागरिक अभियानकर्मीहरू नाकाबन्दीलाई सहयोग पुर्‍याउने गरी सीमा नाकामा धर्ना बस्न सुरुवात गरे र भने नाकाबन्दी ईन्डियाले हैन हामीले गरेका हौं ।

विशेष स्मरण रहोस् , जब मधेसीको नाममा नाकाबन्दी सुरु हामीले यो भारतको उक्साहटमा गरेको बुझेर तत्कालै केही देशभक्त समुहसँग छलफल गरेर हाम्रो पार्टी नेपालले नेतृत्व गर्ने गरि एउटा संयुक्त “राष्ट्रिय प्रतिरोध जागरण मोर्चा” गठन गर्यौ । र तुरुन्तै अर्थात  नाकाबन्दीको सुरु मै प्रतिरोधात्मक विरोधका कार्यक्रम तय गरेर धमाधम ईन्डियनहरूलाई पनि उपत्यका प्रवेश गर्न नदिने भन्दै प्रतिरोध कार्यक्रम राख्यौं ।

यसरी पहिले कार्यक्रम थानकोट स्थित नागढुङ्गामा राख्यौं । तर सुरुकै कार्यक्रममा प्रहरी प्रशासनले दमन गरेर लामो समयसम्म निरन्तर कार्यक्रम जारी राख्न दिइएन । त्यसपछीको अर्को कार्यक्रम रत्नपार्क केन्द्रित कार्यक्रम लामो समयसम्म जारी राख्यौं । यसरी जब हामीले प्रतिरोधात्मक कार्यक्रम गर्दै गयौ त्यसपछी भने अन्य संघ संस्था र कयौं नयाँ पार्टीहरूले नाकाबन्दीको खुलेर विरोध गर्न सुरु गरेका थिए ।

यसरी जनस्थरबाट पनि विरोध सुरु हुने क्रम क्रमशः बढ्दै जादा नेपाल बाहिर रहनुभएका विश्वभरका नेपालीहरूले ईन्डियन दूतावास जाहाँ जाहाँ छन् त्यही त्यहि जुलुस समेत निकालेर नाकाबन्दीको विरोध गरेका थिए । त्यही समयमा इण्डियाका प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमण निस्केका थिए । त्यही समयमा त्यहाँ पनि नेपालीहरूले विरोध प्रदर्शन गरे । संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतम सरहरू लगायतले ‘अकाउण्टिबिलिटी वाच कमिटी’ को तर्फबाट नाकाबन्दीको नागरिक स्तरबाट विरोध गरेका थिए ।

यसरी पछिल्लो पटक भारतले गरेको नाकाबन्दीको विरुद्ध नयाँ तरिकाबाट अनि नागरिक स्तरबाट समेत पहिलो पटक व्यापक दबाब विश्वव्यापी रूपमै भएको थियो ।

बल्ल त्यसपछि भने विदेशबाट लगायत चौतर्फी दबाब खेपेपछी भने बल्ल भारत नाकाबन्दीको बारेमा बोल्न बाध्य भएको थियो र भनेको थियो आफूले नाकाबन्दी गरेको नभई नेपालको सीमा नाका क्षेत्रमा अवरोध भएकाले नेपालमा पेट्रोलियम पदार्थ लगायतका अन्य सामान आपूर्ति गर्न नसकिएको हो भनेर ।

यसरी भारतले चौतर्फी दबाब खेपेपछी निरन्तर बयान त दिइरह्यो तर नाकाबन्दी भने अझ खुलाएन । तर, समय परिस्थिति नेपाल अनुकूल बन्दै गइरहेकै समयमा अर्को एउटा वातावरण नेपालको पक्षमा भन्यो अर्थात तत्कालीन भारतीय विदेशमन्त्री (हाल स्वर्गीय) सुष्मा स्वराजले भारतीय सदनमा सांसदहरूले प्रश्न गरेर हैरान गरेपछि घुमाउरो रूपमा नाकाबन्दी भएको भन्न बाध्य भएकी थिइन् ।

यसरी उनले थप प्रष्टिकरण दिदै २०७२ मंसिर २१ गते सोमबारका दिन राज्यसभामा बोल्दै उनले ‘नेपालमाथि पहिलोपटक नाकाबन्दी नभएको’ तर्क गर्न बाध्य भएकी थिइन । उनले थप भन्न अझै बाध्यकारी भइन र भनेकी थिइन, नेपालमा तत्कालीन प्रम ‘राजिव गान्धी सरकारको पालामा पनि नेपाल माथि नाकाबन्दी लगाईएको थियो ।

यसरी २०७२ असोज ७ मा लागेको नाकाबन्दी चैत्रसम्म करिब करिब ६ महिनासम्म लागेर खुलेको थियो ।

मुख्यत: यो पटकको नाकाबन्दी खोल्न राजनीतिक पहकदमिले मात्र गार्हो भएकोले सैन्य कुटनैतिक पहलकदमिको प्रमुख भूमिका रहेको हाम्रो ठम्याई छ । यसर्थमा नेपाली जनताको तर्फबाट नेपाली सेना लगायत सुरक्षा निकायलाई हार्दिक धन्यवाद ।

यो भारतको चौथोपटकको नाकाबन्दी पहिला पहिलाको तेस्रो पटकसम्मको जस्तो भारत अनुकूल भएन मात्र हैन उल्टो प्रत्युत्पादक सावित भएको थियो ।

नेपाल माथिको नाकाबन्दीले भारतलाई नै प्रत्युत्पादक भएको केही उदाहरण दिनुपर्दा – चीनको नेपालमा सशक्त उपस्थिति एक देखिन्छ भने केपि शर्मा ओलि प्रधानमन्त्री रहनु भएको समयमा चीनसँग BRI मा सम्झौताका साथै यातायात तथा पारबहन सम्झौता लगायत चीनको चार समुन्द्री नाका देखि तीन सुख्खा बन्दरगाहसम्म नेपालले तेस्रो राष्ट्रसँग गर्ने व्यापारको क्रममा प्रयोग गर्न पाउने सम्झौंता हो ।

यसैगरी सन् २०१९ मा शक्तिशाली चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणपछि उहाँले नेपाल अब ल्याण्डलक देश हुने छैन ल्याण्ड्लिंक देश हुनेछ भनेर गर्नु भएको सम्बोधन नाकाबन्दी पछीकै भएपनी पछिल्लो उदाहरणको रूपमा लिन सक्छौं ।

यसर्थमा इण्डियाले नेपालमा पटकपटकको नाकाबन्दी लगाउने प्रमुख कारण भनेकै नेपाल माथिको उस्को हस्तक्षेपकारी नीति अन्तर्गत भएकोमा दुईमत छैन । यस्को सिधा अर्थ लाग्छ उस्ले नेपाल आफू अनुकूलको नियन्त्रणमा राखिरहन सधै प्रयत्नरत छ, यो उस्को नीति हो ।

हाम्रो आन्तरिक कमजोरी र समीक्षा-

क. पहिलो के हो भने हामी देशभक्त नेपालीहरूले नेपाल मामलामा अरु राष्ट्रको नीति बुझ्न सक्नु पर्नेछ ।

ख.आफ्नो देश अनुकूलको राष्ट्रिय नीति अनि परराष्ट्र नीति तय गर्न सक्नुपर्नेछ । अहिलेसम्मको हाम्रो आफ्नो आन्तरिक कमजोरी यहि देखिन्छ ।

नेपालको उत्तर छिमेकको बारेमा-

क. धन्न नेपालले उत्तरी छिमेक जत्तिको, क्षेत्रीय देशहरूलाई पनि विकास मार्फत स्थिरता दिने नीति बोकेको एउटा जिम्मेवार देश र बुद्धिजीवी नेतृत्व पाएको छ । र त नेपाल फिजिकरणको बाटो हुँदै भुटानिकरण मार्फत सिक्किमिकरण तर्फ बढ्ने लक्ष्य लिएको देशबाट आजसम्म रणनीतिक सन्तुलनमा रहन सकेको छ ।
मुख्यतः २०७२ असोज ७ गतेपछि लागेको करिब ६ महिने लामो नाकाबन्दी खुलाउन तत्कालीन नेपाली सेनाका प्रधानसेनापतिको विशेष योजनामा सैन्य कुटनैतिक पहल मार्फत नाकाबन्दी खुलेको धेरैको बिश्वास छ ।

अन्तिममा भन्न चाहन्छौं अब पाठ सिक्दै पहिलो नेपाललाई केन्द्रमा राखेर सम्भावित यस्तै प्रकारका अन्य समस्या आईपरेमा के गर्ने भन्ने दुरगामी योजना अहिलेबाटै बनाउन पर्नेछ ।
किनकी चौथोपटकसम्मको पटके नाकाबन्दी ब्यहोरी सकेको नेपालले अब फेरि नाकाबन्दी कसैले नगर्लान भन्न सकिदैंन ।

यस्को लागि नेपाललाई सक्दो आत्मनिर्भरता तर्फ लैजान सक्नु पर्नेछ, ताकी भारतले फेरि फेरि नाकाबन्दीको कोसिस गरेछ भने जति पटक कोसिस गर्छ उति पटक उसैको लागि २०७२ कै नाकाबन्दी जस्तो प्रत्युत्पादक परिणाम दिन अहिलेबाटै योजना बनाउन पर्नेछ ।

भनिन्छ नि, “आफ्नो थैलिको मुख बुझो लगाउन जानेमा अरुलाई चोर दोष लगाउन पर्दैन” । यहि एउटा प्रचलित पुरानो उखानका साथ नेपालको जय होस् ….हामी सबैको जय होस् ….
धन्यवाद
ब्रह्माण्ड
संयोजक
– हाम्रो पार्टी नेपाल –
जनसम्पर्क कार्यलय माहाराजगन्ज ३ काठमाडौ
9808211898- 9860263646

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *