नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंले ल्याइन् एक्लै

नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंले ल्याइन् एक्लै

कृष्ण पाण्डे

काठमाडौँ, २४ भदौः

नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको एक्लै बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो चर्चा पाइएको छ । सार्वजनिक गीतमा अविनाश एसी र गायिका सज्जा स्वयमको शब्द तथा कम्पोज रहेको छ । भिडियोमा प्रेमी बिनाको एक्लो पनाको मर्मस्पर्शी विरहको गाथालार्य नजिकबाट केलाइएको छ । जब आँफुलार्य माया गर्ने मायालुले छाडेर जाँदाको पिडालाई भिडियोले बयान गरेको छ । भिडियोमा सज्जाले तिमी बिना एक्लै बाँच्न सक्दिन भनेर आफ्नो प्राण भन्दा प्यारो मान्छेलार्य पटक पटक सम्झिरहेको दृश्यले दर्शकको मन छुन्छ । सन्जीतत जीको निर्देशनमा तयार भएको भिडियोमा सज्जा स्वयम फिचर्ड छिन् ।

प्रेम , विरहले भरिएको भिडियोको छायांकन सम्पादन र कलर निर्देशक घिसिगंले नै गरेका हुन् । सज्जा चौलागाई अफिसियल युट्युबबाट बजारमा आएको एक्लोको कन्सेप्ट नै गायिका स्वयमको हो । गायिका सज्जा चौलागाईले यसअघि ‘बालिका’ बोलको गीतको भिडियो पनि ल्याएकी थिइन् । जसमा गीतकार कैलाश घिमिरेको शब्द तथा संगीतकार श्रीकन्त सोनवानेको संगीत रहेको छ। युवा निर्देशक अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियो नारी शक्तिमा आधारित छ । भिडियेमा समाजमा हुने विभेद शोषण लगायतका विषय बस्तुहरुलाई निर्देशक अनुपले कलात्मक शैलीमा देखाएका छन् । जहाँ एउटी नारीले आफ्नो अधिकार लिनका लागि गर्नु परेको संघर्षलाई नजिकबाट देखाइएको छ । भिडियोमा मुख्य रुपमा मोना घिमिरेको अभिनय देख्न सकिन्छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *