लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य

लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य

Mahabhoj

अर्घाखाँची, २३ भदौः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी पर्यटन सर्किट बनाउने योजना अगाडि सारेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत् योजना निर्माण तथा त्यसको गरेर आर्थिक स्वरोजगारमार्फत अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । “गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार सङ्ग्रहालय, रुरु क्षेत्र, रेसुङ्गा, अर्घाखाँचीको छत्रमहाराज, बल्कोट, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, रोल्पाको युद्ध सङ्ग्रहालय, रुकुम पूर्वको सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना छ”, उहाँले भन्नुभयो,“पर्यटकीय स्थल थुपै्र छन् । यहाँ भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तव्यस्थलमा पु¥याउन सकियो भने सोचेको जस्तो विकास हुनेछ । त्यसैले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटका रूपमा विकास गर्ने योजना निर्माण गरिहरको छौँ ।” साथै युवालाई उत्पादनसँग जोड्नका लागि सरकारले काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको र जिल्लाबाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका बिल मन्त्रालयमा पेस नगरिने स्पष्ट पार्नुभएको छ । फजुल खर्च रोक्न पूर्वविशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

RSS

Mahabhoj

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *