निर्माण व्यवसायीको समस्या समाधानतर्फ सरकार अग्रसर छः मन्त्री भण्डारी

निर्माण व्यवसायीको समस्या समाधानतर्फ सरकार अग्रसर छः मन्त्री भण्डारी

काठमाडौँ, १७ साउनः

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रुपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताउनुभएको छ ।

मन्त्री भण्डारीसँग आज नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले भेट गरी रकम भुक्तान नभएकोदेखि अन्य विभिन्न समस्याको विषयमा जानकारी गराएपछि उहाँले सो कुरा बताउनु भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

उहाँले भन्नुभयो, “सरकार निर्माण व्यवसायीको समस्या समाधानको बाटोमा लागेको छ, व्यवसायीहरुको रकम भुक्तान गरिने छ ।” निर्माण व्यवसायीका समस्याका विषयमा सरकार गम्भीर भएको बताउनुहुँदै मन्त्री भण्डारीले निर्माण व्यवसायीहरुसँग निरन्तर संवादमा रही त्यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

उक्त भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीले नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।

त्यस अवसरमा टोलीले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन माग गरेको थियो ।

RSS

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *