चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमति

चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमति

भिएन्ताइन, लाओस, ११ साउन :

वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिवद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीहरूसँग भेट गर्नुभएको छ ।

लाओसको राजधानी भिएन्ताइनमा आयोजित १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को तीन दिने बैठकमा चीनका विदेशमन्त्री वाङ्ग यी र सी विदेशमन्त्री सर्गेइ लाभरोभको सहभागिता रहेको छ ।

दुबै देशका विदेशमन्त्रीले आसियान सदस्य राष्ट्रका समकक्षीहरूसँग संयुक्तरूपमा वार्ता गर्नुभएको हो । वाङले नयाँ बेलायती विदेश सचिव डेभिड लमीसँग पनि भेट गर्नुभएको छ ।

वाङ्ग र लाभरोभबीच बिहीबार आयोजित बैठकमा ‘दक्षिणपूर्व एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिहरूको प्रतिरोध गर्न दुई देश सँगै काम गर्न सहमत भएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

उहाँहरूले युरेसियामा ‘नयाँ सुरक्षाका संरचना’ लागू गर्न पनि छलफल गर्नुभएको लाभरोभले एक विज्ञप्तिमार्फत जारी सन्देशमा बताउनुभएको छ ।

वाङलाई उद्धृत गरी चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले समाचारमा लेखेको छ,“बेइजिङ रूससँग सहकार्य गर्न तयार छ । हामी एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न र एकअर्काको मूल हितको रक्षा गर्न प्रतिबद्ध छौँ ।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आसियानका विदेशमन्त्रीहरूसँग वार्ताका लागि शनिबार बिहान भियन्ताइन आइपुग्ने अपेक्षा गरिएको छ ।

(रासस/एएफपी)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *