सुनको मूल्य तोलामा रु एक हजारले बढ्यो

सुनको मूल्य तोलामा रु एक हजारले बढ्यो

काठमाडौँ, २३ असार :

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ ।

रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *