रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै

रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै

Mahabhoj

काठमाडौँ, २२ असारः

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिनुभएको छ ।

“संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।”

रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *