काठमाडौँ, २० असार :
राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपतिको हालैको युरोप भ्रमणमा सहभागी राष्ट्रपतिका सुपुत्रलाई जोडेर एक सञ्चारमाध्यममा प्रकाशित समाचार दुराशयपूर्ण भएको जनाउँदै त्यसको खण्डन गरेको छ ।
“राष्ट्रपति रामचन्द्र पौडेलको गत जेठ २९ देखि यही असार ५ गतेसम्म भएको युरोप भ्रमणमा आफैँ खर्च बेहोर्नेगरी मन्त्रिपरिषद्को निर्णयअनुसार सहभागी हुनुभएका राष्ट्रपतिका सुपुत्रलाई जोडेर भ्रमणप्रति नै नकारात्मक असर पु¥याउने दुराशयले एक सञ्चारमाध्यममा अनर्गल समाचार आएकामा दुःख व्यक्त गर्दै त्यस्तो समाचारको भ्रममा नपर्न आग्रह गर्दछौँ”, प्रेस सल्लाहकार किरण पोखरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
RSS