सार्कलाई चलायमान बनाउन सबै राष्ट्र लाग्नुपर्छः रघुजी पन्त

सार्कलाई चलायमान बनाउन सबै राष्ट्र लाग्नुपर्छः रघुजी पन्त

काठमाडौँ, २९ जेठः

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सार्क विश्वद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ । नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ । कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ ।”

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारती प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आउनुभएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भन्नुभएका सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत रहेको बताउनुभयो । साथै उहाँले सार्कका समस्या जस्ताको तस्तै रहेका बारेमा प्रधानमन्त्री दाहालले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गर्नभयो ।

“भारत भ्रमणमा केके भयो ? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो ? यो संसद्को विशेषाधिकार होे । यो संसद्ले जानकारी पाउनुपर्छ । सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ ।”

(रासस)

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *