रामबहादुर बम्जन पक्राउ

रामबहादुर बम्जन पक्राउ

काठमाडौँ, २४ पुस :

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।

कडायतले भन्नुभयो, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।” बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *