जेमा छुको पुल पार गराएर लाचेनमा फसेका 90 वटा वाहन गान्तोक प्रस्थान

जेमा छुको पुल पार गराएर लाचेनमा फसेका 90 वटा वाहन गान्तोक प्रस्थान

जेमा छुको पुल पार गराएर लाचेनमा फसेका 90 वटा वाहन गान्तोक प्रस्थान गान्तोक,20 नोभेम्बर।

उत्तर सिक्किमको लाचेन जुम्साको सराहनिय पहलमा लाचेनमा अड्किएका वाहनहरू गान्तोक पठाउने कार्य सम्पन्न। ल्होनाक हमताल फुटेपछि टिस्टा नदीमा आएको बाढ़ीले बगाएको जेमु छु खोलाको पुल पुननिर्माण गरेपछि आज लाचेन र वरपर अड्किएको 90 वटा वहान सकुशल गान्तोक प्रस्थान गराइएको छ। गत 17 नोभेम्बरको दिन लाचेन जुम्साको प्रयासमा जेमा छुमाथि काठे पुल हालेपछि लाचेन र थाङु जोड्ने सम्पर्क स्थापित भएको थियो। लाचेन जुम्साले आफ्ने प्रशासनिक क्षेत्रमा अड्किएका वाहनहरूलाई निकाल्ने पहल थालेको थियो।

जसमा आज बिहानैदेखि लाचेनबाट थाङ्गु हुँदै डोङ्क्याला भएर लाचुङ अनि गान्तोक तर्फ पठाएको जानकारी लाचेनका पिपन किन्तुप लाचेनपाले दिएका छन्। आज बेलुकीसम्म सबै वाहनहरू गान्तोक आइपुग्ने आशा गरिएको छ। वाहनहरूको निम्ति पुलिसले एस्कर्टको व्यवस्था पनि गरिदिएको छ। उल्लेखनीय छ क्षेत्रमा 4 अक्टोबरदेखि अड्किएको वाहनहरू फर्काइएको छ भन डेढ़ महिनासम्म यी वाहनहरू जेमाछुमा पुल नभएको कारण अड्किएर बसेको थियो।

(SB)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *