Homeचीनएपेक सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण सम्बोधन

एपेक सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण सम्बोधन

spot_img

स्थानीय समयअनुसार नोभेम्बर १७ तारिख ३०औं एपेक नेतास्तरीय अनौपचारिक बैठक अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको छ। विगत तीन दशकमा एपेकका २१ सदस्य राष्ट्रले संयुक्त रूपमा सिर्जना गरेको ‘एशिया–प्रशान्त चमत्कार’ले विश्वभरको ध्यानाकर्षण गरेको छ । भविष्यमा एसिया-प्रशान्तले विकासको अर्को “सुनौलो तीस वर्ष” कसरी हासिल गर्ने छ?

 

राष्ट्राध्यक्ष सीले एपेक नेतास्तरीय अनौपचारिक बैठकमा आफ्नो विशेषतासहित प्रश्न उठाउनुभएको छ कि सबैले यस शताब्दीको मध्यमा कस्तो प्रकारको एसिया-प्रशान्त ल्याउन चाहन्छौं? यसबारेमा गहिरो रूपमा सोच्नुपर्दछ। एसिया-प्रशान्त विकासको अर्को “सुनौलो तीस वर्ष” कसरी बनाउने?

 

आफ्नो सम्बोधनमा उहाँले चार वटा सुझावहरू राख्नुभएको छ भने  नवप्रवर्तन-संचालित विकासको पालना गर्नु, खुलापनको पालना गर्नु, हरित विकासको पालना गर्नु र समावेशी तथा साझा हितको विचारधाराको पालना गर्नु। खुलापन, सहयोग र साझा विकास खोज्ने अवधारणा नै राष्ट्राध्यक्षको निर्णय प्रस्तावको आधार मात्र नभई एसिया-प्रशान्त क्षेत्रको विगत तीन दशकको विकास अनुभवको सारांश पनि हो।

 

एशिया प्रशान्त क्षेत्रका जनता र हाम्रा सन्तानहरूको साझा समृद्धिलाई साकार तुल्याउनेः राष्ट्राध्यक्ष सी

स्थानीय समय अनुसार नोभेम्बर १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी सान फ्रान्सिसकोमा आयोजित एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा एपेकको कार्यभारबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले यसरी पुष्टि गर्नुभयोः हामीले शुरूदेखि एशिया प्रशान्त क्षेत्रको आर्थिक सहयोग गर्ने मन लिएर जिम्मेवारीपूर्वक विश्वव्यापी देखा परेका चुनौतीहरूको संयुक्त रुपमा सामना गर्नुपर्ने आवश्यकता छ। हामीले पुत्राजया भिजन २०४० को पूर्ण कार्यान्वयन गर्दै खुला, जीवन्त, लचिलो र शान्तिपूर्ण एशिया–प्रशान्त क्षेत्रको संयुक्त भाग्य समुदायको निर्माण गर्नुपर्नेछ जसबाट एशिया प्रशान्त क्षेत्रका जनता र हाम्रा भावी पुस्ताको साझा समृद्धिलाई साकार तुल्याउन सकिने छ।

(CRI)

spot_img
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular