चिनियाँ राष्ट्राध्यद्वारा व्यापक गहन सुधारका लागि केन्द्रिय समितिको तेस्रो बैठकको अध्यक्षता

चिनियाँ राष्ट्राध्यद्वारा व्यापक गहन सुधारका लागि केन्द्रिय समितिको तेस्रो बैठकको अध्यक्षता

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष तथा केन्द्रिय व्यापक गहन सुधार आयोगका निर्देशक सी चिनफिङले नोभेम्बर ७ तारिख दिउँसो केन्द्रिय व्यापक गहन सुधार आयोगको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। बैठकले “सुन्दर चीनको निर्माणलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने विचार” लगायत केही सुझावमाथि समीक्षा र अनुमोदन गरेको छ।

बैठकको अध्यक्षता गर्दै राष्ट्राध्यक्ष सीले चौतर्फी रूपमा आधुनिक समाजवादी राष्ट्र निर्माण गर्न सुन्दर चीन निर्माण गर्नु महत्त्वपूर्ण लक्ष्य भएको कुरामा जोड दिनुभयो।

‘सन् २०३५ मा सुन्दर चीनको लक्ष्यलाई आधारभूत रूपमा साकार पार्ने लक्ष्यलाई निरन्तरता दिनु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘प्रदूषण रोकथाम र नियन्त्रण, विकास शैलीको हरित रूपान्तरणलाई गति र पर्यावरणीय विविधता बढाउनुपर्दछ। साथै सुरक्षाको तल्लो रेखा कायम राख्दै वातावरणको आधारभूत सुधारलाई बढावा दिनुपर्छ।’

(CRI)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *