मानव जातिको साझा भाग्य समुदाय सम्बन्धी अवधारणा संयुक्त राष्ट्र संघको महाधिवेशनको निरस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिको निर्णय-प्रस्तावमा फेरि समावेश

मानव जातिको साझा भाग्य समुदाय सम्बन्धी अवधारणा संयुक्त राष्ट्र संघको महाधिवेशनको निरस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिको निर्णय-प्रस्तावमा फेरि समावेश

संयुक्त राष्ट्र संघको ७८औँ महाधिवेशनको निरस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिले स्थानीय समय अनुसार अक्टोबर ३१ तारिख मतदानमार्फत “अन्तरिक्षमा हतियार प्रतिस्पर्धाको प्रतिरोध सम्बन्धी थप कदम” तथा “सर्वप्रथम अन्तरिक्षमा हतियार नराख्ने” लगायत निर्णय-प्रस्तावहरु पारित गरेको छ। अन्तर्राष्ट्रिय समाजले अन्तरिक्षमा हतियार प्रतिस्पर्धाको प्रतिरोध गर्न, अन्तरिक्षको शान्तिपूर्ण ढंगले उपयोग गर्न तथा मानव जातिको साझा भाग्य समुदायको निर्माण गर्न अन्तर्राष्ट्रिय समाजले ठोस कदम चाल्नुपर्ने यी निर्णय-प्रस्तावहरुमा पुन:पुष्टि गरिएको छ। चीनद्वारा प्रस्तुत मानव जातिको साझा भाग्य समुदाय सम्बन्धी यो अवधारणा संयुक्त राष्ट्र संघको महाधिवेशनको निरस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिको निर्णय-प्रस्तावमा निरन्तर ७ वर्षसम्म लेखिएको हो।

चिनियाँ निरस्त्रीकरण दूत शन च्यानले अक्टोबर ३१ तारिख सो महाधिवेशनलाई सम्बोधन गर्दै साँचो बहुपक्षीयतावादलाई कायम राखेर अन्तरिक्षमा मानव जातिको साझा भाग्य समुदायको संयुक्त निर्माण गर्न चीनले विभिन्न पक्षसँग आग्रह गरेको पनि औँल्याउनुभयो।

(CRI)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *