तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको सम्बोधन प्रकाशित

तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको सम्बोधन प्रकाशित

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको《खुला तथा सहिष्णु, अन्तर्क्रिया तथा साझा विकास भएको विश्वको निर्माण-तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको उद्घाटन समारोहमा सम्बोधन》शीर्षक पुस्तक प्रकाशित भएको छ। उक्त पुस्तक पिपुल्स पब्लिशिङ हाउसबाट प्रकाशित भएको हो।

 

१० वर्षयता चीनद्वारा ७० भन्दा बढी मुलुकलाई हजारौँपटक आपतकालीन सहायता प्रदान

चीनको राज्य परिषद्को प्रेस कार्यालयले ३१ तारिख बिहान आधिकारिक विभागद्वारा शुरूवातको व्याख्या शीर्षकमा श्रृङ्खलाबद्ध पत्रकार सम्मेलनको आयोजना गर्दै निरन्तर रूपमा अन्तर्राष्ट्रिय विकास सहकार्य र वैदेशिक सहायता सम्बन्धबारे जानकारी दिएको छ।

राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहकार्य कोषका प्रमुख लो चाउ ह्वैले १० वर्षयता चीनले ७० भन्दा बढी मुलुकलाई हजारौँपटक आपतकालीन सहायता प्रदान गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार, पहिलो, चीनले वैदेशिक सहायता व्यवस्थालाई पूर्णता दिलाएको छ। दोस्रो, चीनले लगातार रूपमा पूँजीको परिधिलाई बढाएको छ। तेस्रो, चीनले निरन्तर रूपमा वैदेशिक सक्रियतालाई अन्तर्राष्ट्रिय विकास सहकार्यको रूपमा उकास्दै ल्याएको छ। र चौथो, वैदेशिक सहायताको अनुगमन र मूल्याङ्कनलाई सबल पारेको छ।

बितेका १० वर्ष चीनले गहन रूपमा विश्वव्यापी सञ्चालनमा भाग लिएको र सबैभन्दा सक्रिय, सबैभन्दा प्रभावकारी र सबैभन्दा ठूला योगदान गरेको यो १० वर्ष नै भएको कुरामा प्रमुख लोले जोड दिनुभएको छ।

(CRI)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *