20औँ आशियान र चीन, जापान र गणतन्त्र कोरिया (दश प्लस तीन)को शिखर सम्मेलन मनिलामा आयोजित

ram naam satya
(GMT+08:00) 2017-11-14 17:59:21

20 औँ आशियान र चीन, जापान र गणतन्त्र कोरिया (दश प्लस तीन)को शिखर सम्मेलन नोभेम्बर चौध तारिख फिलिपिन्सको मनिलामा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ। सम्मेलनमा सहभागी विभिन्न मुलुकका नेताहरूले बितेका बीस वर्षदेखि यता दश प्लस तीन सहकार्यमा प्राप्त उपलब्धिको उच्च मूल्याङ्कन गर्नुका साथै भविष्यमा निरन्तर रुपमा शान्तिपूर्ण सह अस्तित्व कायम गरेर संयुक्त रुपमा विकासलाई अघि बढाउँदै जाने ठहर पनि गरेका छन्।

उक्त सम्मेलन आशियानका वर्तमान अध्यक्ष मुलुक फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुटेर्टले अध्यक्षता गर्नुभएको हो। चीनका प्रधानमन्त्री ली ख छ्याङ, जापानी प्रधानमन्त्री शिन्जो आबे र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जाइ यीन पनि त्यस सम्मेलनमा सहभागी हुनुभएको छ।

सम्मेलनमा मुख्यत: दश प्लस तीन सहकार्यको पुन:सिंहावलोकन गरिनुबाहेक ब्यापार-लगानी सम्बन्ध, वातावरण र दिगो विकास तथा अन्य साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयबारे विचार-विमर्श पनि गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *