20औँ आशियान र चीन, जापान तथा गणतन्त्र कोरियाको शिखर सम्मेलनलाई चीनका प्रधानमन्त्रीद्बारा महत्वपूर्ण सम्बोधन

ram naam satya
(GMT+08:00) 2017-11-14 18:00:43

चीनका प्रधानमन्त्री ली ख छ्याङ नोभेम्बर चौध तारिख बिहान फिलिपिन्सको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा 20औँ आशियान र चीन जापान गणतन्त्र कोरिया दश प्लस तीन शिखर सम्मेलनमा सहभागी हुनुभएको छ। आशियानका दशवटा मुलुकका नेताहरू हुनुका साथै जापानी शिन्जो आबे र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जाइ यीन पनि त्यस सम्मेलनमा सहभागी हुनुभयो। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुटेर्टले सम्मेलनको अध्यक्षता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

प्रधानमन्त्री लीले सम्मेलनलाई सम्बोधन गर्दै बितेका बीस वर्षयता दश प्लस तीन सहकार्य व्यवस्था निरन्तर रुपमा पूर्ण हुँदै गएकाले समस्त एशियाली क्षेत्रमा रहेको सबैभन्दा पूर्ण र फलदायी सहयोगात्मक व्यवस्थामध्येको एक बनिसकेको औंल्याउनुभएको छ।

पूर्वी एशियाली आर्थिक एकरुपताको स्थापना गर्ने विषयबारे चर्चा गर्दै प्रधानमन्त्री लीले छ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *