

तीन दिनसम्म चलेको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको 19 औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक हिजो फेब्रअरी अठाईस तारिख पैचिङमा सम्पन्न भएको छ।
उक्त बैठकले राष्ट्रिय जन कंग्रेस, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनसमक्ष राष्ट्रिय संस्थाका नयाँ पुस्ताका उम्मेदवारको नामावली र जन राजनीतिक परामर्शदात्री सम्मेलनका नेताका उम्मेदवारको नामावलीमा लेखाजोखा गरेपछि पारित गरेको छ। यसबाहेक, बैठकले पार्टी र राष्ट्रिय संस्थाको सुधार योजनालाई गहन पार्ने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय र पार्टी तथा राष्ट्रिय संस्थाको सुधारलाई गहन पार्ने योजनाको पनि लेखाजोखा गरेपछि पारित गरेएको छ।
सीपीसीको तेस्रो पूर्ण बैठकलाई केन्द्रीय समितिका महासचिव सी चिन फिङले महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

उक्त बैठक सम्पन्न भएपछि एउटा विज्ञप्ति पनि जारी गरिएको छ।

