बङ्गलादेशका प्रम र परराष्ट्र मन्त्री वाङ्ग यीबीच भेट

ram naam satya
(GMT+08:00) 2017-11-19 14:12:41
हिजो नोभेम्बर अठार तारिख बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्रीको भवनमा चीनका परराष्ट्र मन्त्री वाङ्ग यीसँग भेटघाट गर्नुभएको छ।

प्रधानमन्त्री हसिनाले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सफलताका रुपमा आयोजित भएकोमा बधाई दिनुका साथै चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र प्रधानमन्त्री ली ख छ्याङ्गप्रति पनि अभिवादन व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री हसिनाले गत वर्ष राष्ट्राध्यक्ष सीले बङ्गलादेशको भ्रमण गर्नुभएकोले दुई मुलुकको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्पष्ट भएको र बङ्गलादेशले चीनसँग विभिन्न क्षेत्रको व्यवहारिक सहयोगलाई गहन पारेर दौत्य सम्बन्धलाई नयाँ पाइलाका साथ अघि सार्ने बताउनुभयो।

भेटमा परराष्ट्र मन्त्री वाङ्गले राष्ट्राध्यक्ष सी र प्रधानमन्त्री लीले प्रधानमन्त्री हसिनालाई दिनुभएको अभिवादन हस्तान्तरण गर्नुका साथै चीनले बङ्गलादेशसँग आपसी हित र मुख्य चासोसम्बन्धी विषयमा समर्थन दिंदै जाने, संयुक्त रुपमा “एक पेटी एक मार्ग”लाई तीव्र पार्ने र सक्रिय रुपमा “बङ्गलादेश, चीन, भारत तथा म्यान्मार आर्थिक कोरिडोर”को निर्माणलाई अघि बढाउने धारणा व्यक्त गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *