भूमध्यसागर क्षेत्रका लागि दिगो शान्ति र विकासको बाटो स्थापना गर्ने चीनको प्रस्ताव

ram naam satya
(GMT+08:00) 2017-11-18 14:48:11

अन्तर्राष्ट्रिय समाजले सँगै मिलेर प्रयास गरी छिटोभन्दा छिटो क्षेत्रीय परिस्थितिको सुधार गरेर क्षेत्रीय स्थिरतालाई साकार तुल्याउने, नयाँ भिडन्तको प्रतिरोध गर्ने र दिगो शान्ति तथा विकासको बाटो स्थापना गर्ने उपाय खोज्नुपर्छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय कार्यवाहक राजदुत ऊ हाइ थाउले सत्र तारिख संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्को भूमध्यसागरको सुरक्षा चुनौतीका समस्या सम्बन्धी खुला सम्मेलनमा उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको हो।

सिन्ह्वा समाचार समितिका अनुसार राजदुत ऊले बितेका केही वर्षयता लिबिया, सिरिया र अफ्रिकाको साहेल क्षेत्रको परिस्थिति बिग्रंदै गएको सिलसिलामा धेरै मुलुक सामु विकास असन्तुलित भएको, जातीय भेदभाव स्पष्ट रहेको, शरणार्थी र आप्रवासी ठूलो मात्रामा ओसार-पसार गइरहेका र सीमा पार संगठित अपराध बढेको लगायतका विविध चुनौती आइपरेको औंल्याउनुभएको छ।

विश्वका समस्या समाधान गर्ने मूलभूत उपाय विकास नै हो भन्ने कुरामा पनि राजदुत ऊले जोड दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *