शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा एक लाख सहयोग

शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा एक लाख सहयोग

सिमकोट (हुम्ला), १८ साउनः

सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा रु एक लाख सहयोग गर्नुभएको छ ।

सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र सुधार गर्न शिक्षक, अभिभाव र विद्यार्थीसहित शिक्षा क्षेत्रमा काम गर्ने सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । विद्यालयको गुणस्तर सुधार गर्न अब पालिकाले विद्यालय सञ्चालक समिति र विद्यालयले शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताउनुभयो ।

वडाध्यक्ष कार्कीबाट प्राप्त रकम शैक्षिक तथा खेलकुद सामग्री खरिदमा उपयोग गरिने विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिनुभयो ।

RSS

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *