राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभा हुने ।

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभा हुने ।

डाँफे संवाददाता, काठमाण्डौं ।

मिति २०७६ पौष २४ गते बिहान ९ बजे देखि राष्ट्रिय सहकारी महासंघको सभाहल पुल्चोक ललितपुरमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधरण सभा हुने कुरा सो संस्थाकी महाप्रबन्धक चित्त कुमारी थाम्सुहाङ्ग सुब्वाले जानकारी दिनुभयो ।

महाप्रबन्धक सुब्बाले उक्त साधारण सभा सम्बन्धी जानकारी सम्पूर्ण सदस्य संघहरुलाई पत्राचार गरिसकिएको र कुनै कारणबस उक्त पत्र प्राप्त नभएमा मिति २०७६।८।२३ गतेको गोरखापत्रको सूचनालाई समेत जानकारीको रुपमा लिन सकिने बताएकी छिन् । महासंघको हालससम्मको वार्षिक सेवा शुल्क चुक्त गरी आ–आफ्ना राष्ट्रिय प्रतिनितिलाई सो साधरण सभामा उपस्थित गराइदिन अनुरोध गरिएको कुरा जानकारी गराएकी छिन । उक्त साधरण सभामा निम्न प्रस्ताव माथि छलफल हुने कुरा जानकारी गराइएको छ ।

१. संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षज्यूको वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्ने ।

३. लेखा परिक्षकको प्रतिवेदन सहितको २०७६ अषाढ मसान्त सम्मको वासलात, सोही मितिको आ. व. २०७५÷७६ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सम्वन्धमा छलफल गरी पारित गर्ने ।

४. पञ्च वर्षिय (आ.व. २०७६÷०७७ देखि आ.व. २०८०÷ ०८१) व्यवसायिक योजना अनुमोदन गर्ने ।

५. आ.व. २०७६÷०७७ को वाषर््िाक कार्यक्रम तथा बजेट अनुमोदन गर्ने ।

६. आ.व. २०७६÷०७७ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने ।

७. विभिन्न कोषको रकम जगेडा कोषमा जम्मा गर्ने ।

८. आन्तरिक कार्यविधिहरु पारित तथा संशोधन गर्ने ।

९. महासंघको २७ औं वार्षिक साधरण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधिहरु चयन गर्ने ।

१०. सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन ।

११. विविध ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *