राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने

राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गर्नुभएको छ ।

शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिती हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केहि समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गर्नुभयो । अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएको थापाले मत बदर हुन सक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्नबाटै चुनावमा जाने बताउनु भयो । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको राष्ट्रियता प्रतिको अडान , स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उहाले जानकारी दिनुभयो । थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने जिकिर गर्नुभयो ।

थापाले देशमा अब राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको एजेण्डा गणतन्त्रसहितको हिन्दुराष्ट्र रहेको बताउनु भयो । उहाँले देशमा अब राजसंस्था आउँन नसक्ने ठकुवा गर्दै राजाले भित्री रुपमा गणतन्त्र स्वीकार गरेर ब्यवसायमा लागेको आरोप लगाउनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *