विश्वको शक्ति सन्तुलनमा आएको परिवर्तन
# भरत दाहाल, राजनीतिक विश्लेषक यूक्रेनमाथि सैन्य अपरेशन सुरु भएको दशौं दिनसम्मको परिदृष्यले विश्व राजनीतिक शक्ति समिकरण र सन्तुलन ठूलो उथलपुथल ल्याएको छ।
१. यूक्रेनलाई हरप्रकारको साथ दिने बचन दिएर युद्धमा उक्साएको अमेरीकाले गरेको विश्वासघातले त्यो कति हदसम्मको बेईमान देश हो भन्ने यथार्थतालाई पुनः स्पष्ट पार्यो।
२. यूक्रेनलाई युद्धमा साथ दिन अस्वीकार गर्ने नेटो सैन्य गठबन्धन खोक्रे भैसकेको कागजी बाघ मात्र हो र यसलाई तह लगाउन रुस नै पर्याप्त छ भन्ने सत्यता उजागर भयो।
३. संयुक्त राष्ट्र संघ देखि विश्वका अन्य साझा अन्तर्राष्ट्रिय मञ्चहरुमा पश्चिमी देशहरुको आजसम्मको निर्णायक भूमिका समाप्त भयो।
४. आफूलाई विश्वकै शेर ठान्ने अमेरीकाले आफ्नो औकात राम्ररी देख्यो र अरुलाई लडाएर लुटको सहारामा विश्व शक्ति बनेको त्यसको मनोविज्ञान उठ्नै नसक्ने गरी थचारियो।
५. एक्लो रुससंग त्राहिमाम बनेर बाँचिरहेका पश्चिमा साम्राज्यवादीहरु रुस, चीन, ईरान, उ.कोरीया, पाकिस्तान लगायतका देशहरुसंग भिड्नु पर्दा कहाँ पुग्ने रहेछन् भन्ने कुरा विश्वले देख्यो।
६. यूक्रेन संकटपछि पश्चिमी ब्लकमा अमेरीकाको नेतृत्वकारी भूमिकाको पश्चिमी देशहरुमैं खासै भूमिका देखापरेन र त्यसको ठाउँ जर्मनी तथा फ्रान्सले लिन पुगे।
७. यूक्रेन संकटले नेटो गठबन्धनभित्र मानसिक एवं नीतिमा विभाजन ल्यायो। नेटोमा आबद्ध आधा दर्जन देशहरुले नेटो र रुसका बिचमा युद्ध भएमा आफू सामेल नहुने घोषणा गरे।
८. यूक्रेन संकटपछि अमेरीकाको निकट मानिएका ब्राजिल, मेक्सीको, बुल्गेरिया, ईजरायल, जर्जिया लगायतका १ दर्जन देशहरुले रुसमाथिको पश्चिमा प्रतिबन्ध मान्न अस्वीकार गरे।
९. यूक्रेन युद्धको नवौं दिनमा आएपछि अमेरीकाले रुसमाथिको प्रतिबन्ध हटाउन वार्ता गर्न सकिने र यूक्रेनमा नेटो सेना नजाने घोषणा गर्यो। यसले पश्चिमाहरु रुससंग झन झन डराउँदै गएका छन् भन्ने देखायो।