माफिया बजारवादको खतरनाक प्रयोग

# भरत दाहाल, राजनीतिक विश्लेषक

कमल थापा, होली वाईन चर्च र केपी ओली अन्तर्मनबाटै चुनावमा एक ! शेरबहादुर, पुष्पकमल, बाबुराम र माधव नेपाल हृदय देखि नै एक ढिक्का ! सबैले सबैका चुनाव चिन्ह बोक्ने, सबैले सबैका चुनाव चिन्हमा भोट हाल्ने ! नेपालीहरुका बिचमा प्रहसन गर्न कोही साम्यवादी, कोही प्रजातन्त्रवादी, कोही धर्मवादी र कोही राष्ट्रवादी !

यो अनैतिक ब्यापारमा चुनाव जित्ने कुरा मात्र छैन। यो मानिसलाई विचार, सिद्धान्त र मूल्यबाट च्युत गरेर दलाल बजारको वस्तु बनाउने साम्राज्यवादी उपभोक्तावाद हो। अनैतिक गठबन्धनको मूख्य पाटो यही हो। मानिसहरु तात्कालिक फाईदालाई हेरेर दलाल कित्ताको शिकार बनिरहुन् तर जीवनको लक्ष र बाटो समात्न नपाउन भन्ने षडयन्त्र हो यो।

यसले दिन खोजेको सन्देश भनेको विचार, सिद्धान्त र मूल्यको कुनै अर्थ हुँदैन, ब्यक्तिगत फाईदाको हिसाबकिताब नै सबथोक हो भन्ने कुरा स्थापित गर्नु हो। मानिस दिग्भ्रमित भैरहोस् र उसलाई उपयोग गर्न सजिलो भैरहोस् भन्ने यसको अभिष्ट हो। भ्रष्ट विदेशी दलालहरु मौलिक विचारधारा सहितको लक्ष र उद्देश्यबाट तर्सिरहेका छन्।

नेपालको संकटको आधारभूत कुरा विचारविहिनता, सिद्धान्तहिनता र मूल्यविहिनतासंग जोडिएको छ। चरम अवसरवाद र अपराधिकरणको समस्या यसैबाट उत्पन्न भैरहेको छ। नेपालीहरुमा विचार, सिद्धान्त र मूल्यको महत्व मर्न जाँदा नै आज समग्र चुनावी प्रणालीलाई माफियाहरुले नियन्त्रण गर्न सफल भएका छन्। दलभित्र इमान्दार मानिसहरु समाप्त भएर जानुको मकारण नै यही हो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *