काठमाडौँ, २९ साउन :
नेपालको सिनेमा जगतमा नयाँ लहर ल्याउन तयार चलचित्र “रावायण” भाद्र २१, २०८१ मा सिनेमा हलमा प्रदर्शन हुनेछ। यस चलचित्रको शीर्षक गीत “रावायण” विशेष ध्यानाकर्षक छ। यस गीतमा प्रमुख भूमिकामा पूजा शर्मा, पल शाह, र सुदर्शन थापा देखिएका छन्। गीतमा सुदर्शन थापाको नृत्य र पल शाहको मेहनत प्रशंसा योग्य रहेको छ।
गीतलाई संगीतकार रेवान आरती सिंहले तयार पारेका छन्, र नकाश अजिजले आवाज दिएका छन्। कृष्णहरि बरालले लेखेका बोलमा सौरभ लोखंडे र रेभान आरती सिंहले संगीत निर्माण र व्यवस्थापन गरेका छन्। संगीत पर्यवेक्षक र ध्वनि डिजाइनका रूपमा निरज सिंहले काम गरेका छन्।
कोरियोग्राफीको जिम्मा विक्रम स्वारले सम्हालेका छन्, जसले चलचित्रका गीतहरूलाई एक विशेष आकर्षण दिएका छन्।
रेकर्डिङ इन्जिनियरहरूको टोलीमा निरज सिंह, फ्रान्को भल्ला, र समीर चौरसिया रहेका छन्, र मिक्सिङ तथा मास्टरिङ इन्जिनियर निरज सिंह हुन्। यी सबै प्रक्रियाहरू मुम्बईको कैलासा स्टुडियोमा सम्पन्न भएका छन्।
“रावायण” चलचित्रले नेपाली सिनेमा क्षेत्रमा नयाँ उचाइलाई छुने प्रयास गरेको छ। यसको भव्य संगीत, उत्कृष्ट अभिनय, र आकर्षक कोरियोग्राफीले दर्शकलाई मनमोहक अनुभव दिने अपेक्षा गरिएको छ। यस चलचित्रले दर्शकहरूलाई एक नयाँ र रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जसले नेपाली सिनेमा उद्योगमा नयाँ मानक (नमुना लायक) स्थापित गर्ने विश्वास छ।
गीतकाे भिडियाे :
यूवर्ण पाैडेल (पुजा)