# अधिवक्ता नरहरि नाथ याेगी
संसारका सबै मुलुकहरुमा शासकिय पद्धति प्राय: सितिमिति परिबर्तन हुँदैनन र यदि भै हाल्यो भने, पुराना शासनका शासकहरुलाई भ्रष्टाचार, परिवर्तनकारीहरुलाई दमन गरेको, गैर न्यायीक यातना हत्यादि कार्य गरेको आरोपमा मुद्दा चलाएर साबित भएमा या त झुण्ड्याइन्छ या त आजीवन कारागारमा राखिन्छ।
बिडम्बना नेपालमा त्यस्तो कहिल्यै भएन, आफन्त र नातागोतालाई ठाँउमा पुर्याउन शासक दलहरुले, पुरानै शासकिय पद्धतिमा हालिमुहाली गरिआएका बेइमान र अपराधीहरुलाई परिवर्तित ब्यबस्थामा पनि फूलमाला लगाएर सके पदोन्नति नभए पुनर्बहाली गर्न पुगे।
उदाहरणका लागि मोहन शमशेर, तुलसी गिरी,सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, गिरिजाप्रसाद कोइराला, कमल थापा, ज्ञानेन्द्र कार्की, बाबुराम, पुष्पकमल, ओली, नेपाल इत्यादि।
राजनीतिक बिज्ञानका अनुसार पद्धति साध्य नभई केवल साधन मात्रै हुने शाश्वत सत्य अवस्थामा यिनै नातागोता र पूर्ब अपराधीले पुरानो पद्धतिलाई असफल पार्ने र फेरि नयाँ पद्धतिको हालिमुहालीमा दोहोरिएर पुग्ने र पछि त्यसलाई पनि पुन:असफल बनाउने कामहरु यस्ता लोभी पापीहरुबाट बारम्बार हुने गरेको प्रष्ट/प्रशस्त देखिन्छ।
आम नेपालीको कस्तो दुर्भाग्य, परिवर्तन अघि नै मृत्युदण्ड दिनुपर्ने वा कैद गर्नु पर्ने (अरु देशमा भए) अपराधीलाई नै फेरि पनि शासनाभार सुम्पनु पर्ने र अपराधीहरु बाट नै शासित हुन स्विकार गर्नु पर्ने कटु बिडम्बना।
यस्तो तितो बिडमबनापुर्ण परिबेशमा आम नेपालीको स्वाधिनता, स्वतंत्रता, गणतंत्र, प्रजातंत्र वा उज्वल भविष्यको कल्पना, कामना र बिश्वास केवल बौद्धिक दरिद्रता र शासक बर्गको चाटुकारिता बाहेक अरु केही हुँनै सक्दैन।
स्थानीय तहको वा आम चुनाव भै नै हाल्यो र त्यसमा सबै प्रकारका अमर्यादित हत्कण्डा अपनाएर जुनसुकै शासक दलले जिते पनि आम नेपालीको दुर्दशाको पुनराबृत्ति मात्रै हुनेछ त्यस बाहेक बिकास,सुख र समबृद्धि केही हुनेवाला छैन।
तसर्थ हामीकहाँ भएका केही फोस्रा भाँट बौद्धिक बर्गबाट कुनै अपेक्षा छैन, उनिहरुले हिजो पनि भजन गरेर भोजन, प्राज्ञ,कुलपति, राजदूत आदि पाएकै थिय, आज पनि बहालीमै छन र यस्तै भैरह्यो भने भोलि पनि स्थापित हुनकालागि उनीहरुले ब्यर्थको भजन आफ्ना मालिकहरुका लागि गरिरहने छन।
यसकारण मानवताबादी, देशभक्त नेपालीले आफैलाई कठिन मिहिनेत द्वारा बौद्धिकिकरण गरि देश र जनताको हितमा देश भित्रका दलाल बर्ग र विश्व समुदायमा रहेका साम्राज्यबादी, बिस्तारबादी भाँट बौद्धिक जगतसंग खुला प्रतिस्पर्धा गरि जित्न सक्षम हुनेैपर्छ नजिति सुख्खै छैन।।
त्यसैले गरिब, निमुखा देशभक्तहरुले सर्बप्रथमत: खुबै मिहिनेत गरौं देश र जनताको पक्षमा अध्ययनअनुसन्धान गरौं, पढौं, पढाओैं र यथार्थलाई पत्ता लगाउन र वास्तविक राजनीतिक परिवर्तन गर्न त्यसको अर्थ बुझ्न र आमलाई बुझाउन सक्षम बनौं।
सुनौलो बिहानी चीर अन्धकार पछि मात्रै आउने गर्दछ।भारत, चीन, उत्तर कोरिया, रुस, बेलायत, अमेरिका त्यत्तिकै अघि बढेका होइनन्।
त्यहाँ परिबर्तन पछि परिबर्तनको बिरुद्धमा रहेका केैयन अपराधीलाई देश निकाला, काराबास र मृत्यु दण्ड दिएर मात्रै उनिहरुले आज देखिने बिकास गर्न सफल रहे/भएको ईतिहास साक्षी छँदैछ।
जेलमा राख्नुपर्ने वा झुण्ड्याउनु पर्ने जस्ताअपराधीहरुलाई चुनाव जिताएर शासन सत्तामा पुर्याउनु पर्ने मतियारी गर्ने अबस्था रहेसम्म हाम्रो मात्रै होइन संसारमा कहिं कतै बिकास त के हुन्छ, बिनास मात्रै हुनेछ।यस बिषयमा गम्भिरतम् मनन गरौं।
-जय जय जय नेपाल!!!
(म राजनीतिक बिज्ञानको बिद्यार्थी हुँ अर्थशास्त्र को होइन तथापि मर्यादित भाषामा तपाईंको कडा टिप्पणी र बहसको अपेक्षा गरेको छु)