दशौँ राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता तथा पहिचान

दशौँ राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता तथा पहिचान

दमौली (तनहुँ), २८ साउन :

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी दर्ता तथा पहिचान गरिने भएको छ । आगामी मङ्सिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँमा खेलाडी दर्ता तथा पहिचान गर्न लागिएको हो ।

जिल्लामा दर्ता तथा पहिचान भएका खेलाडीलाई गण्डकी प्रदेशस्तरीय छनोट खेलमा सहभागी हुन पठाइने तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ ७ गतेभित्र जिल्ला खेलकुद विकास समितिमा आएर खेलाडीले नाम दर्ता गराउनुपर्नेछ ।

उहाँले भन्नुभयो, “आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका, पदक प्राप्त गरेका, विगत दुई/तीन वर्षभित्र नेपालकोतर्फबाट अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी जनाएका खेलाडी तथा नवप्रतिभावान खेलाडीको खोजीगरी दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न जिल्लामा खेलाडी दर्ता आह्वान गरेका हौँ ।”

कार्यालयले फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, व्याडमिन्टन, बक्सिङ, रग्बी, शारीरिक सुगठन, भारत्तोलन, टेबलटेनिस, आर्चरी, बुद्धिचाल, ह्याण्डबल, कुस्ती, प्याराग्लाइडिङ, साइक्लिङ, गल्फ, कबड्डी, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, उसु, जिम्न्यास्टिक्स, लनटेनिस, स्क्वास, जुडो, हक्की, एथलेटिक्स, फेन्सिङ, सुटिङ, पौडी, सफ्ट टेनिस, खोखो, कराँते, फुल कन्ट्रयाक्ट कराँते, सेपाकताको र ट्राइयाथलन खेलका लागि खेलाडी दर्ता आह्वान गरेको छ ।

 

रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *