चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव,चीनका राष्ट्राध्यक्ष,चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चियापान समारोहमा महत्वपूर्ण मन्तव्य दिनुभयो। उहाँले सन् २०१७ चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको विकासको प्रक्रियामा कोसेढुँगाको अर्थ रहेको एक वर्ष हो भन्दै चिनियाँ विशेषतायुक्त समाजवादका विभिन्न कार्यमा नयाँ तथा विशाल उपलव्धी हासिल भएको कुरा बताउनुभयो।
सी चिन फिङले सन् २०१८मा चीनले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको भावनालाई चौतर्फी रुपमा व्यवहारमा उतारी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद विचारधाराको निर्देशनमा आर्थिक तथा सामाजिक दिगो एवम स्वस्थ विकासलाई अघि बढाउनुपर्ने कुरा बताउनुभयो। चीनले वास्तविक सुधारबाट सुधार तथा खुलापनको नीति अपनाएको चालीस वर्ष मनाउने तथा निरन्तर रुपमा एक देश,दुइ व्यवस्थाको कार्यनीतिलाई जारी राखेर हंगकंग तथा मकाउको दीर्घकालीन अवधिका लागि समृद्ध तथा स्थिरताको सँरक्षण गर्ने कुरा पनि उहाँले औंल्याउनुभयो।