चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोले आज डिसेम्बर २७ तारिख एउटा बैठकको आयोजना गरी आगामी वर्षको जनवरीमा पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठकको आयोजना गर्ने निर्णय गरेको छ। दोस्रो पूर्ण बैठकको मुख्य विषय चिनियाँ संविधानको संशोधन गर्ने अध्ययन गर्नु हो। आजको बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको अनुशासन अनुगमन समितिको कार्य प्रतिबेदन सुन्नुका साथै सन् 2018मा चिनियाँ कम्युनिष्ट पार्टीको आचरण तथा स्वच्छ र कर्तव्यनिष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण सम्बन्धी विषयबारे अनुसन्धान गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिन फिङले आजको बैठकको अध्यक्षता गर्नुभयो।
यस बैठकमा चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगमा प्रवेश गरिसकेको कारण चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ छवि तथा नयाँ आचरण देखाउनुपर्ने,चिनियाँ कम्युनिष्ट पार्टीलाई चौतर्फी रुपमा कडाईका साथ व्यवस्थापनलाई जारी राख्नुपर्ने तथा भ्रष्टाचार विरुद्ध सँघर्षको निरन्तरता हुनुपर्ने कुरामा जोड दिइएको छ।