बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा आफ्नो स्वरको जादु देखाई सकेका गायक/ संगीतकार अाेम सुनारको “राइझुमा”आज बेलुकी ४ बजे सार्वजनिक हुने भएको छ।
नेपाली गित संगीत आकाशमा यतिबेला गायक/संगीतकार ओम सुनारको राम्रै चर्चा छ। माहामारीको रूपमा फैलिरहेको कोरोना कहरको बिचमा पनि उनले आफ्नो दर्शक स्रोता हरुलाई आफ्नो गित संगीत मार्फत मनोरंजन गराई रहेका छन्। कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो।
यसै बीच आज उनले आफ्नो नया गित “राईझुमा”दर्शक सामु ल्याउन ल्याएका हुन् गीतको टिजरले राम्रै फिडब्याक पाएकोमा उनि खुशी पनि छन्। आज सार्वजनिक गरिने उनको राइझुमा गित भने सुदुर पश्चिममा निकै रुचाइने देउडा जोनरामा बनाइएको छ र गित लाइ गायक/संगीतकार अाेम सुनारले संसारभरी छरियार रहेको नेपालि भाषी दाजुभाइ दीदी-बहिनिहरुले बुज्ने गरि र अहिलेको जेनेरेसनले मन पराउने गरि संगीत र स्वर दियका छन।
मिलन रोकाया द्वारा लिखित उक्त गित राइझुमालाइ उनले आफ्नै आधिकारिक यू ट्युब च्यानल “ओम सुनार” मार्फत आज ४ बजे सार्वजनिक गरिने जानकारी दिएका छन्। सेर साउदको निर्देशन रहेको उक्नता गित राइजुमामा गीतकार मिलन रोकाया संगै टिक्टकर गरिमा शर्मा लाइ फिचार्ड गरिएको छ भने गितलाइ बासु बरालले क्यामेरामा कैद गरेका छन्। बिष्णु शर्माको सम्पादन रहेको गित राई झुमा को लागि गायक संगीतकार ओम सुनार सहित टिमलाई हाम्रो सफल्ताको शुभकामना छ।