खड़गसिंह राई ‘काढ़ाँ को ‘सपना कति बिपना कति’ सार्वजनिक

खड़गसिंह राई ‘काढ़ाँ को ‘सपना कति बिपना कति’ सार्वजनिक

गान्तोक,21 नोभेम्बर। भारतीय नेपाली साहित्यमा खड़गसिंह राई ‘काढ़ाँ’ सुनिरहेको तर चर्चामा नआएको नाम हो। साट्ठीको दशकदेखि कविता लेखनमा सक्रिय रहेका ‘काढ़ाँ’-को पहिलो कविता सङ्ग्रह उनको मृत्यु भएको पाँच वर्षपछि ‘युग परिबोध’, दार्जिलिङबाट ‘मेरो नामले पुगेन मलाई’ शीर्षकमा प्रकाशित भएको थियो। हिज सत्ताइस वर्षको लामो अन्तरालपछि डा गोकुल सिन्हाको विशेष प्रेरणा र सहयोगमा ‘काढ़ाँ’-को दोस्रो कविता सङ्ग्रह ‘सपना कति बिपना कति’ प्रकाशित भएको छ। युवा कवि योगेश लिम्बूद्वारा सङ्कलित एवम् सम्पादित यस सङ्ग्रहमा ‘काढ़ाँ’-का पच्चीसवटा नेपाली र दुईवटा अङ्ग्रेजी गरी जम्मा सत्ताइवटा कविता परेका छन्। हिज दिनाङ्क: 20 नोभेम्बरको दिन अनौपचारिक रूपमा उक्त सङ्ग्रह गान्तोकमा अनावरण गरियो। यस अनावरण मुहूर्तमा नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड्याल, श्रीमती पौड्याल, के एन शर्मा, गोकुल सिन्हा, समर सिन्हा, पारसमणि दङ्गाल, टि बी छेत्री, योगेश लिम्बू आदि विशेष रूपले उपस्थिति थिए। विशेषत: ‘काढ़ाँ’ जस्ता ओझेलमा रहेका उत्कृष्ट कविका कविताहरूलाई पुस्तक रूपमा प्रकाशित गरेर पाइन्स प्रकाशन, रङ्बुलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस महत् कार्यका निम्ति सम्पादक र प्रकाशक दुवैलाई धेरैधेरै बधाई दिनुपर्ने भएको छ। यसका साथै कवि ‘काढ़ाँको अप्रकाशित कविताहरू अब उता पाठकको हातमा पुग्ने भएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *