<strong>एमसीसी अमेरिकाले नेपाललाई दिने टोर्जन हर्सः चीन</strong>

एमसीसी अमेरिकाले नेपाललाई दिने टोर्जन हर्सः चीन

चीनले अमेरिकी सहायता नियोग (एमसीसी)लाई कम्पुटर भाइरस ‘टोर्जन हर्स’को संज्ञा दिँदै त्यसले नेपाली र चीनबीचको मैत्रीपूर्ण सम्बन्धमा समेत दख्खल पार्न खोजेको बताएको छ।

चिनियाँ सरकारी मुखपत्र चाइना डेलीकाे हंगकंग संस्करणले सम्पादकीयकाे शीर्षकमै एमसीसीलाई टोर्जन हर्सको भन्दै नेपालको संसदबाट अनुमोदन भएमा नेपालको कानूनभन्दा उच्च अधिकार धारण गर्ने भएको त्यसले नेपाललाई अमेरिकाको आश्रित बनाउने चेतावनी दिएकाे हाे।

सम्झौताको धारा ७.१ किटान गर्दै सम्झौता लागू भएपछि नेपालको कानूनमा हावी हुनेछ भनेर यसका पक्षधरहरुले बुझेका छन् भनी लेखिएको बाक्यांशबाट नेपाललाई अमेरिकाको आश्रित बनाउने स्पष्ट पारेकाे छ।

सम्पादकीयमा एमसीसी कम्प्याक्टको लेखापरीक्षण नेपालका लेखा परीक्षकले नभई अमेरिकाले गर्ने शर्त समावेश गरिएको समेत जनाइएकाे छ।

‘नेपाल विकासशील मुलुक हो। विश्व बैँकको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति जीडीपी १०२८ अमेरिकी डलर, जुन विश्वको औसतको ८ प्रतिशत मात्रै हो,’ सम्पादकीयमा लेखिएको छ, ‘नेपाललाई पूर्वाधारको नितान्त आवश्यवक छ, त्यसैले स्वायत्ता गुमाउने शर्तहरुका बाबजुद अमेरिकी ‘उपहार’ सरकारले खारेज गरेको छैन।’

विश्वलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएपनि त्यस्तो सहकार्य पारस्परिक सम्मान र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने कुरामा उसले जोड दिएको छ।

चीनले नेपालको सार्वभौमसत्ता र नेपाली जनताको भावनाको सम्मान गर्दै नेपालको आर्थिक विकासलाई आफ्नो क्षमताअनुसारको सहयोग गर्दै आइरहेको उदाहरण प्रस्तुत गर्दै चाइना डेलीले भनेको छ, यद्यपि सहायता दिनेहरुले पाउने राज्यको सार्वभौमसत्तालाई पूर्णरुपमा सम्मान गर्नुपर्ने र उनीहरुको सहायतमा कुनै पनि राजनीतिक तारहरु जोडिनुहुँदैन।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *