<strong>आसन्न निर्बाचनले परिवर्तन हुनेछ? </strong>

आसन्न निर्बाचनले परिवर्तन हुनेछ?

# अधिवक्ता नरहरिनाथ याेगी

नेपालीहरुले गरेका प्राय परिबर्तनले दुर्भाग्यपुर्ण बिडम्बना ब्यहोर्नु परेको छ त्यस्तो किन कसरी हुन गयो?यस बिषयमा छोटोे परिचर्चा गरम्।

संसारका सबै मुलुकहरुमा शासकिय पद्धति प्राय: सितिमिति परिबर्तन हुँदैनन।

यदि भै हाल्यो भने ,पुराना शासनका धेरै शासकहरुलाई; परिवर्तनकारीहरुलाई दमन गरेको ,गैर न्यायीक यातना हत्यादि कार्य गरेको आरोपमा मुद्दा चलाएर साबित भएमा या त झुण्ड्याइन्छ या त आजीवन कारागारमा राखिन्छ।

बिडम्बना नेपालमा त्यस्तो कहिल्यै भएन। पुरानै शासकिय पद्धतिमा हालिमुहाली गरिआएका बेइमान र अपराधीहरु नै परिवर्तित ब्यबस्थामा पनि फूलमाला लगाएर सके पदोन्नति नभए पुनर्बहाली हुन पुगे।

(पञ्चायतको समाप्ति पछि मल्लिक आयोग र २०६२/६३को परिबर्तन पछि रायमाझी आयोगको प्रतिबेदनले गरेको सिफारिसका बारेमा कतिलाई त यादै छैन, शासकहरु मौन किन रहे ?)

उदाहरणका लागि मोहन शमशेर, तुलसी गिरी,सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द,शेर बहादुर देउवा, गिरिजाप्रसाद कोइराला, कमल थापा,ज्ञानेन्द्र कार्की, बाबुराम, पुष्पकमल, ओली, नेपाल इत्यादि।

राजनीतिक बिज्ञानका अनुसार पद्धति साध्य नभई केवल साधन मात्रै हुने शाश्वत सत्य अवस्थामा यिनै अपराधीले पुरानो पद्धतिलाई असफल पार्ने र फेरि नयाँ पद्धतिको हालिमुहालीमा दोहोरिएर पुग्ने र पछि त्यसलाई पनि पुन:असफल बनाउने काम यस्ता लोभी पापीहरुबाट हुने गरेको प्रष्ट/प्रशस्त हुन गएको देखिन्छ।

आम नेपालीको कस्तो दुर्भाग्य, परिवर्तन अघि नै वा तत्काल मृत्युदण्ड दिनुपर्ने वा कैद गर्नु पर्ने (अरु देशमा भए) त्यस्ता अपराधीलाई नै फेरि पनि शासनाभार सुम्पनु पर्ने र उनै अपराधीहरु बाट नै पुन:शासित हुन स्विकार गर्ने कटु बिडम्बना।

यस्तो तितो बिडम्बनापुर्ण परिबेशमा आम नेपालीको स्वाधिनता, स्वतंत्रता, गणतंत्र, प्रजातंत्र वा उज्वल भविष्यको कल्पना,कामना र बिश्वास केवल बौद्धिक दरिद्रता र शासक बर्गको चाटुकारिता बाहेक अरु केही हुँनै सक्दैन।

स्थानीय तहको वा आम चुनाव भै नै हाल्यो र त्यसमा सबै प्रकारका अमर्यादित अराजक हत्कण्डा अपनाएर जुनसुकै शासक दलले जिते पनि आम नेपालीको दुर्दशाको पुनराबृत्ति मात्रै हुनेछ त्यस बाहेक बिकास,सुख र समबृद्धि केही हुनेवाला छैन।

हामीकहाँ भएका भाँट बौद्धिक बर्गबाट कुनै अपेक्षा छैन, उनिहरुले हिजो पनि भजन गरेर भोजन, प्राज्ञ,कुलपति, राजदूत आदि पाएकै थिय, आज पनि बहालीमै छन र यस्तै भैरह्यो भने भोलि पनि स्थापित हुनकालागि उनीहरुले ब्यर्थको भजन, मालिकहरुका लागि गरिरहने छन।

यसकारण मानवताबादी, देशभक्त, जनभक्त आम नेपालीले आफैलाई कठिन मिहिनेत द्वारा बौद्धिकिकरण गरि देश र जनताको हितमा, देश भित्रैका दलालसमेतका बर्ग र विश्व समुदायमा रहेका साम्राज्यबादी, बिस्तारबादी भाँट बौद्धिक जगतसंग खुला प्रतिस्पर्धा गरि जित्न सक्षम हुनेैपर्छ।

त्यसैले गरिब, निमुखा देशभक्तहरुले सर्बप्रथमत: खुबै मिहिनेत गरौं देश र जनताको पक्षमा अध्ययन अनुसन्धान गरौं, पढौं ,पढाओैं र यथार्थलाई पत्ता लगाउन र वास्तविक राजनीतिक परिवर्तन गर्न त्यसको अर्थ बुझ्न र बुझाउन सक्षम बनौं।
सुनौलो बिहानी चीर अन्धकार पछि मात्रै आउने गर्दछ।भारत,चिन, उत्तर कोरिया, रुस, बेलायत, अमेरिका क्युबा त्यत्तिकै अघि बढेका होइनन्

त्यहाँ परिबर्तन भेै सके पछि परिबर्तनका बिरुद्धमा रहेका केैंयन अपराधी र उसका मतियारहरुलाई देश निकाला, काराबास र मृत्यु दण्ड दिएर मात्रै उनिहरुले आज बिश्वमाझ देखिने बिकास गर्न सफल रहे/भएको ईतिहास छ।

जेलमा राख्नुपर्ने वा झुण्ड्याउनु पर्ने जस्ताअपराधी नेता र उनैका कार्यकर्ता ,चाप्लुसहरुलाई चुनाबमा जिताएर शासन सत्तामा पुर्याउनु पर्ने अबस्था नेपालमा रहेसम्म हाम्रो मात्रै होइन संसारमा कहिं कतै पनि बिकास त के हुन्छ, बिनास मात्रै हुनेछ।

यस बिषयमा पुर्बाग्रह नराखि अहिल्यै देखि गम्भिरतम् अध्ययन र मनन गरौं। तपाईंको गम्भिरता पनि देशभक्ति र जनभक्तिको लागि कोशे ढुंगा साबित हुनेछ।।।।।
-जय जय जय नेपाल।।।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *