७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिंदै

ram naam satya

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाइसकेकाे छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको हो। ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरिसकेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *