६६ औं अन्तराष्ट्रिय भन्सार दिवसमा अर्थमन्त्री

ram naam satya
६६ औं अन्तराष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ। यसै अवसरमा काठमाडौंका एक कार्यक्रमको आयोजना गरी सरकारले भन्सारसम्बन्धी आफ्नो कार्य सम्पादनलाई अझ प्रभावकारी, दक्षतापूर्ण र उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार प्रशासनलाई यथार्थपरक राजस्व संकलन गर्न निर्देशन दिनुभयो। उहाँले विश्वसनीय व्यवसायिक कारोबार गर्न पनि भन्सार प्रशासनलाई सचेत गराउनुभयो।

अर्थमन्त्री कार्कीले भन्सारमा सुधार ल्याउन सरकारले आवश्यक नीतिगत, संरचनागत व्यवस्था गर्दै आएको पनि स्मरण गराउनुभयो। कार्यक्रममा बोल्दै अर्थ सचिव शंकरप्रसाद अधिकारीले भन्सार प्रशासनले पूर्वाधार विकासको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्सार महशुल बस्तुको मूल्यमा आधारित हुने भएकाले त्यसमा शंका नगर्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गर्नुभयो। राजस्व सचिव शिशिरकुमार ढुंगानाले व्यवासायिक वातावरण निर्माण गर्न भन्सार प्रशासनलाई निर्देशन दिनुभयो। भन्सार विभागमा महानिर्देशक जगदीश रेग्मीले व्यवसायिक वातावरण निर्माण हुने गरी भन्सार प्रशासनमा सुधार ल्याउन आफूहरु केन्द्रित भएको बताउनुभयो। उहाँले निजी क्षेत्रसँगको सम्बन्ध विस्तार गरेर मुलुकलाई समृद्ध बनाउने गरी भन्सार विभागले पूर्वाधार विकासलगायतका नीतिगत र संरचनागत क्षेत्रमा काम गरिरहेको दावी पनि गर्नुभएको सेतोपाटी अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *