१५ वर्ष नपुग्दै १० प्रतिशत छोरीको विवाह

ram naam satya

‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ। अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन्। जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी का गभर्नर मधुसूदन शर्मा, पूर्वगभर्नर सेम शाक्य, बी ग्रुपका गोपालनाथ योगी, महिला अधिकारकर्मी ऋचा लुइँटेललगायतले व्यक्तिगत रुपमा सहयोग गर्ने बताउनु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

अभियानअन्तर्गत शुक्रबार यहाँ आयोजित खुला जनसभामा सहभागी विद्यालय र कलेजस्तरका विद्यार्थीका लागि बाल विवाहबाट उत्पन्न हुने समस्या र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका विषयमा जानकारी दिइएको थियो।

सो अभियानका तर्पmबाट आयोजित पत्रकार सम्मेलनमा थापा र कार्कीले कुनै सहयोगी संस्थाका सहयोग नलिएर सबैको साझा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँहरुका अनुसार नेपालमा हाल ३७ प्रतिशत छोरीको विवाह १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशत छोरीको विवाह १५ वर्ष उमेर नपुग्दै हुने गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *