०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

ram naam satya
(GMT+08:00) 2017-11-27 15:19:34

नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ। पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ।

टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले त्यसता नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने र ठग्ने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन्।

उनले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसन्धान भइरहेको र पटक-पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन्।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ। उनीहरुले बैंक्मा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *