होङ्मी मोबाइल नेपालमा बिक्री सुरू

ram naam satya
चिनियाँ स्याउमीको एमआई ब्राण्डको ‘होङ्मी-५ ए’ को बिक्री सुरु भएको छ। बहुप्रतिक्षित एमआईको रेडमी ५ बजारमा ल्याइएको वितरक वत्सल इम्पेक्सले जनाएको छ।

सस्तो मूल्यमा गुणस्तरिय सुविधा रहेको रेडमी ५ ए मा २ जिबी र्‍याम र १६ जिबी रोम, ५ इन्चको डिस्प्ले, १३ मेगापिक्सलको रेयर र ५ मेगा पिक्ससलको फ्रन्ट क्यामेरा र ३००० एमएएचको ब्याट्री छ। १३ हजार ९ सय ९९ रुपैयाा पर्ने फोनमा उत्कृष्टताका साथै फोरजी सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

एचडी डिस्प्ले, डबल सिम, लेड सेल्फी लाइट लगायतका फिचर्स त्यसमा समावेश रहेको अनलाइन खबरले लेखेको छ।

यो फोन लबिम मल र पाको न्युरोडमा रहेको एमआई शो-रुम, एमआईको अफिसियल वेबसाइट लगायत देशभरका बिक्रेताहरुबाट किन्न सकिनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *